• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीमा विना दर्ता सञ्चालनमा रहेका भुसी इँटाभट्टा रुपान्तर कार्य अलपत्र

धनगढी: कैलालीमा विनादर्ता वर्षौंदेखि सञ्चालनमा रहेका भुसी इँटाभट्टा उद्योगलाई दर्ता गरी आधुनिक उद्योगमा रुपान्तरण गर्ने काम अपेक्षा अनुसार अघि बढ्न सकेको छैन। औद्योगिक प्रवद्र्धन बोर्डले गरेको परिपत्रबमोजिम घरेलु तथा साना उद्योग कार्यालयले विगतमा भुसी इँटा उद्योगलाई दर्ता गरी आधुनिक उद्योगमा रुपान्तरण गर्न पहल गरेको थियो।

यस क्रममा जिल्लाका झण्डै ४५ भुसी इँटा उद्योगका सञ्चालकले उद्योग दर्ताका लागि कार्यालयमा निवेदन दिएका थिए। यीमध्ये ३५ सञ्चालकले अनुमतिपत्र ९लाइसेन्स० लिए पनि अझै धेरैले अनुमतिपत्र नलिइ उद्योग सञ्चालन गर्दै आएको बताइन्छ।

कार्यालयमा विगतमा कतिपय भुसी इँटा उद्योग दर्ता प्रक्रियामा आए पनि यस्ता केकति उद्योग आधुनिक उद्योगमा रुपान्तरण भए नभएको बारेका जानकारी नभएको कार्यालयका प्रमुख नवराज भट्टले बताए। उनले भने, “स्थानीय तहलाई आफ्नो क्षेत्रमा यस्ता उद्योग दर्ता भए९नभएको, सञ्चालनको अवस्था र ती उद्योग आधुनिक उद्योगमा रुपान्तरण भए नभएकाबारे कार्यालयलाई जानकारी गराउन पत्र पठाइएको छ।”

यस्ता उद्योगलाई आधुनिक प्रविधिमा रुपान्तरण गर्न सञ्चालकले त्यति चासो नदेखाएका कारण आधुनिक उद्योगमा रुपान्तरणमा लैजान समस्या देखिएको बताइएको छ। औद्योगिक व्यवसाय ऐन २०४९ मा घरेलु उद्योग स्थापना भएको छ महिनाभित्र दर्ता गरिसक्नुपर्ने, घरेलुबाहेकका अन्य उद्योग दर्ता नगरी स्थापना गर्न नपाइने, सुर्ती, चुरोट र मदिराजन्यजस्ता उद्योग अनुमति लिएर मात्र स्थापनाको प्रक्रिया अघि बढाउनुपर्ने कानूनी व्यवस्था गरिएको छ।

अवैधरूपमा विनामापदण्ड भुसी इँटा उद्योग जहाँ पायो त्यहीँ सञ्चालन गर्ने प्रवृत्ति बढ्दै जाँदा यी उद्योगबाट आउने धुवाँ धुलोका कारण वातावरण प्रदूषित हुने गरेको जनगुनासो पनि बेलाबखत सुनिने गरेको छ। यद्यपि चिम्नी इँटा उद्योगमा प्रयोग हुने खनिजतत्व कोइला, दाउरा आफूहरूले प्रयोग नगरी केवल जैविक भुसी ९धानको भुस० प्रयोग गर्ने गरेकाले यस्ता उद्योगबाट वातावरण प्रदूषण नहुने दाबी भुसी इँटा उद्योगकका सञ्चालकको छ।

इँटा व्यवसायी सङ्घ कैलालीका अध्यक्ष विनोद साह भने अवैध र निर्वाधरूपमा भुसी इँटा उद्योग सञ्चालन भइरहँदा पनि नियमनकारी निकाय उदासिन बनेको बताए। उनले भने, “उनीहरूले कर पनि तिर्नु पर्दैन, दारु भट्टी चले जस्तै चलिरहेका छन्।”

जिल्लामा झण्डै ६० भन्दाबढी भुसी इँटाभट्टा सञ्चालनमा रहेको अनुमान गरिएको छ। वातावरणीय परीक्षण गरी सञ्चालनमा रहेका आधुनिक प्रविधिका चिम्नी इँटा उद्योगमा वातावरणीय परीक्षणअनुसार काम भए÷नभएकाबारे अनुगमन पनि हुन पनि सकिरहेको छैन।

जसका कारण कतिपय चिम्नी इँटा उद्योग मानवबस्ती नजिकै सञ्चालनमा आउँदा त्यसबाट आउने धुवाँ, धुलोले मानव बस्तीमा प्रतिकूल प्रभाव पारेको गुनासो आउने गरेको छ। कैलालीमा ४२ सहित सुदूरपश्चिम प्रदेशभर ८० वटा आधुनिक चिम्नी इँटा उद्योग सञ्चालनमा रहेको जनाइएको छ।

यी उद्योगमा नेपाली मजदूरका अलावा प्रत्येक उद्योगमा कम्तीमा पनि ३० देखि ४० प्रतिशतका दरले भारतीय मजदूर पनि कार्यरत रहने गरेका छन्।

 

सोमबार, चैत २३, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.