धनगढी: सुदूरपश्चिममा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।
सोमबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ३६ नमूना परीक्षण गर्दा ५ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार धनगढीका ४ जना र बैतडीको पुर्चौडी ७ का १ जनामा कोरोना संक्रमण देखिएको हो।