• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भारतबाट फर्किनेमा कोरोना संक्रमण देखिने क्रम बढ्दो

धनगढी : धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा मंगलबार २९ जनामा कोरोना परीक्षण गरिएको थियो। तीमध्ये १५ जनामा संक्रमण देखियो।

सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार संक्रमित १५ मध्ये १२ जना भारतका विभिन्न सहरबाट नेपाल प्रवेश गरेका थिए।

भारतमा संक्रमण बढेपछि नेपालीहरु घर फर्किरहेका छन्। सुदूरपश्चिमेलीको प्रमुखमध्येको एक चाड चैते दशैँ आउन लागेकाले प‍नि घर फर्किनेको संख्या बढ्दैछ। त्यसमध्ये शंकास्पदहरुको परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको हो। श्रेष्ठका अनुसार पछिल्ला दिनमा प्रयोगशालामा दैनिक भारतबाट आउनेहरुमा संक्रमण देखिन थालेको छ।

‘भारतबाट आउनेको संख्या पनि बढ्दो छ। शंकास्पदहरुको नमुना जाँच गर्दा संक्रमण पनि देखिएको छ,’ श्रेष्ठले भने, ‘यही क्रम जारी रहे फेरि पुरानै अवस्था नआउला भन्न सकिँदैन। सीमामाजाँचमा कडाइ गर्नुपर्ने अवस्था छ।’ सुदूरपश्चिममा कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी मुख्य नाका हुन्। जहाँबाट दैनिक हजारौँ यात्रु ओहोरदोहोर गर्छन्।

सीमा नाकामा एक हेल्थ डेस्क स्थापना गरेपनि त्यो पर्याप्त नभएको श्रेष्ठले बताए। सीमामा टाढाबाट आउनेहरु र शंकास्पदहरुलाई एन्टिजेन परीक्षण गर्ने गरिएको छ।

काठमाडौं विश्वविद्यालयका इपिडियोमोलोजी तथा जनस्वास्थ्य विभागका प्रमुख जनस्वास्थ्यविद् डा। विराज कर्माचार्यले गएको हप्तामा नेपाल सहित दक्षिण एसियाली देशमै संक्रमण दर उच्च रहेको बताए।

‘भारतमा अघिल्लो हप्ताको तुलनामा यो हप्ता ५१ प्रतिशतले, नेपालमा ३८ प्रतिशतले, पाकिस्तानमा २४ प्रतिशतले संक्रमण बढेको देखिन्छ,’ जनस्वास्थ्यविद् कर्माचार्यले भने, ‘भारतमा संक्रमण बढिरहेकाले नेपालमा पनि संक्रमण बढ्ने देखिन्छ। यसको अर्थ अब दोस्रो चरणको संक्रमण सुरु हुन्छ भन्नेमा हामी सबै सतर्क हुनु आवश्यक छ।’

कर्माचार्यले चैतयता संक्रमण विस्तारै बढ्न थालेकाले टेस्टको पोजिटिभिटी रेट पनि बढेको बताए। मंगलबार मात्रै नेपालको संक्रमणदर ५ प्रतिशत नाघेको थियो। उनले संक्रमणबाट जेष्ठ नागरिक, दीर्घरोगी ९मधुमेह, उच्च रक्तपात, श्वासप्रश्वास, मिर्गौला रोग लगायत० र गर्भवती महिलालाई सुरुमा जोगाउनुपर्ने बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थलगत र हवाई मार्गबाट नेपाल भित्रिने व्यक्तिहरुको त्यहाँ व्यवस्था गरिएको हेल्थ डेस्कमा कोरोना संक्रमण भए–नभएको एन्टीजेन जाँच गरी संक्रमण पुष्टि भएमा १४ वटा अस्पताललाई उपचारका लागि सूचीकृत गरेको छ। मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेलले भारतमा संक्रमण बढ्दै गएकाले त्यहाँ काम गर्ने नेपालीहरु फर्किंदा नेपालमा पनि संक्रमणको क्रम बढ्दै गएको बताए।

‘पछिल्ला दिनको ट्रेन्ड हेर्दा संक्रमण बढेको छ। अधिकांश भारतबाट आउनेहरुमा संक्रमण देखिएको छ,’ पोखरेलले भने, ‘भारतबाट आउनेहरुलाई सिमानामा जाँच गरस् पोजिटिभ आएको खण्डमा त्यहाँबाट आइसोलेट गर्ने व्यवस्था गरेका छौँ। संक्रमणको जोखिम उच्च भएकाले आइसोलेसन केन्द्रहरु चुस्त दुरुस्त राख्न निर्देशन दिइसकेका छौँ।’

पोखरेलले बीचमा संक्रमण घट्दै जाँदा जोखिम घटेको हो कि जस्तो देखिए पनि संक्रमण नसकिएकाले सबैलाई जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरे। ‘नेपालमा कोभिड संक्रमण बिस्तारै उकालो लाग्दै छ, जोखिम कायमै छ,’ डा।अधिकारीले भने, ‘हामीले विगतमा यो संक्रमणबाट बच्न जानेका कुराहरू व्यवहारमा कम उतारिरहेकाले रोग फैलिन सघाइरहेको छ ।’

 

बिहिबार, चैत १९, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.