धनगढी : कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालसहितको टोलीले कैलाली (कञ्चनपुरको सिमामा पर्ने त्रिनगर नाका गौरीफन्टाको स्थलगत निरीक्षण गरेका छन् ।
कोरोना सङ्क्रमण पुनः देखा पर्न थालेपछि सिमा नाकाको अवस्था बुझ्न टोली नाकामा गएको हो । टोलीमा सुरक्षा निकायका प्रमुख, धनगढी उपमहानगरपालिकाका, रेडक्रस लगायतको सहभागिता रहेको छ । यस अघि सोही टोलीले धनगढी उपमहानगरपालिकाको कनरीमा रहेको आइसोलेसनको निरीक्षण गरेको थियो ।

आइसोलेसन निरीक्षण
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालसहितको टोलीले धनगढी उपमहानगरपालिकाको कनरीमा रहेको आइसोलेसनको निरीक्षण गरेको छ ।
कोरोना सङ्क्रमण पुनः देखा पर्न थालेपछि आइसोलेसनको अवस्था बुझ्नका लागि निरीक्षण गरिएको हो । केन्द्रले सबै जिल्लालाई आइसोलेसन, क्वारेन्टाइनको अवस्था दुरुस्त गर्न निर्देशन दिएको छ ।
अनुगमन टोली सीमा पनि अवस्था बुझ्नका लागि पुग्ने जनाइएको छ । टोलीमा सुरक्षा निकायका प्रमुख, धनगढी उपमहानगरपालिकाका, रेडक्रस लगायतको सहभागिता रहेको छ ।