धनगढी : सुदूरपश्चिम प्रदेशको सोमबार बसेको बैठकमा ‘दलित सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७’ माथि छलफल गरिएको छ ।
विधेयकको सैद्धान्तिक पक्षमा सामान्य छलफल गरिएको हो । प्रदेश सभा सदस्यहरु बलदेव रेग्मी, दुर्गाकुमारी कामी, शान्ति नेपाली, टेकबहादुर रैका, देवराज पाठक, देवकी मल्लले छलफमा भाग लिएका थिए । उनीहरुले दलित समुदायको सशक्तिकरण गरी सो समुदायलाई राज्यको मूलप्रवाहीकरणमा ल्याउन आवश्यक रहेको औंल्याए । प्रदेश सभाको अर्को बैठक चैत १२ गते बोलाइएको छ ।
