टेकसिँह धामी/ धनगढी : बैतडीमा जनप्रतिनिधि नै एक महिलासंग शंकास्पद रुपमा भेटिएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका ७ का वडाअध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शंकास्पद अवस्थामा भेटिएका छन् ।
वडाअध्यक्ष महराकी श्रीमती बिमलाले आफ्नो श्रीमान् अर्कै महिलासँग होटेलमा बसेको सूचना पाएपछि प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीले दुवै जनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएको जनाएको छ।
वडाअध्यक्ष महरा नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनबाट वडाअध्यक्ष भएका थिए ।
