• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

जिउँदो मान्छेलाई ‘रिप’ लेख्ने समवेदना हराएको समाज

धनगढी : नेपाली कांग्रेसका सदस्य प्रदीप पौडेलले मंगलबार अबेर राति ११ः५३ मा नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्वउद्योगमन्त्री एवं कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन भएको भन्दै समवेदना व्यक्त गरे।

नेता पौडेलले समाजिक सञ्जाल फेसबुकमा श्रद्धाञ्जली व्यक्त गरेसँगै धेरैको नेता जोशीप्रति निधन भएको ठानेर समवेदना प्रकट गर्ने क्रम बढ्यो। केही मिडियाले मंगलबार बेलुकी नै समाचार सम्प्रेषण गरिसकेका थिए।

नेता पौडेलको श्रद्धाञ्जली आएसँगै जोशीको निधन भएकै हो कि भनेर सबैले आशंका गर्न थाले। पौडेलमात्र होइन, जोशीको थुप्रै शुभचिन्तकहरूले समाजिक सञ्जालमा उनीप्रति समवेदना दिन थाले। समाजिक सञ्जाल जोशीको निधनको श्रद्धाञ्जलीले स्तब्ध बनिरहँदा  उपचारमा संलग्न चिकित्सक डा। राजीव झालाई पटक–पटक सम्पर्क गरिरहेको थियो। र, झाले अवस्था गम्भीर रहेपनि निधनको खबर सत्य नरहेको बताइरहे।।।

बुधबार बिहानसम्म समाजिक सञ्जालमा जोशीको श्रद्धाञ्जलीमात्रै छ्याछ्याप्ती देखिन थाल्यो। फेरि, डा. झालाई फोन ग¥यो। र, उनले निधन नभएको आफ्नो दाबीलाई दोहोर्‍याए। ‘जोशीको अवस्था गम्भीर रहेपनि निधन चाहिँ भएको छैन,’ बुधबार बिहान अस्पताल परिसरमा भेटिएका डा. झाले भने।
मंगलबार राति फैलिएको अफवाहका कारण रातभर आएको फोनले आफूलाई हैरान बनाएको उनको भनाइ थियो।

बुधबार बिहानै अस्पताल प्रशासनले प्रेस नोट जारी गरेर नेता जोशीको उपचार भइरहेको जनायो। ‘जोशीको अवस्था गम्भीर छ। भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ,’ अस्पतालले जारी गरेको प्रेस नोटमा भनिएको छ।

जोशीको स्वकीय सचिव पुष्करराज पाण्डेले केही मिडियाले गलत समाचार सम्प्रेषण गरेको प्रति दुःख व्यक्त गरे। ‘वास्तविकता नै नबुझेर सञ्चारमाध्यमलाई मृत्युको समाचार लेख्न कस्तो हतारो ?’, अस्पताल परिसरमै भेटिएका पाण्डले भने, ‘यसले हामीलाई निकै दुःखी बनाएको छ। जिउँदो मान्छेलाई ‘रिप’ लेख्ने समवेदना हराएको हाम्रो कस्तो समााजरु’

कांग्रेस केन्द्रीय सदस्य पौडेललगायत ‘श्रद्धाञ्जली’ व्यक्त गर्ने थुप्रै व्यक्ति तथा सञ्चारमाध्यमले समाजिक सञ्जालबाट आफ्ना पोस्ट हटाइसकेका छन्।

बुधबार, चैत ०४, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.