धनगढी : भारतको दुधुवा नेशनल पार्कभित्र सुदूरपश्चिमका एक युवकको शव फेला परेको छ।
उक्त शव कञ्चनपुर पुनर्वास नगरपालिकाको विकास बस्ती बस्ने २२ वर्षीय कनैया कडायक रहेको प्रहरीले जनाएको छ।
मंगलबार घरबाट हराएका कडायकको शव साँझपख दुधुवा नेशनल पार्कमा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए
उनका अनुसार कडायक रुखमा झुण्डिएको अवस्थामा फेला परेको र भारतीय प्रहरीले शव परीक्षणका लागि पलिया लगेका छ ।
बुधबार शव परीक्षणपछि परिवारको जिम्मा लगाउने तयारी भारतीय प्रहरीको छ। कडायक मृत भेटिएको घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।