धनगढी, २५ असोज/ नेपाली कांग्रेसको डोटी जिल्लाको सभापतिमा बाजी सिंह खड्का (विजय) निर्विरोध निर्वाचित भएका छन् । डोटीको दिपायलमा भएको नेपाली काँग्रेसको १५ औ नियमित महाधिबेशनबाट खड्का सभापति चयन भएका हुन् ।
समितिको उपसभापतिमा टिकराम फुलारा र योगेन्द्र ठकुल्ला चयन भएका छन् । सचिवमा केशवबहादुर वम र दीपक बोगटी चयन भएका छन् भने सहसचिवमा उत्तम सिंह र भीमबहादुर मल्ल रहेका छन् ।
समितिका सदस्यहरूमा लक्ष्मी देउवा वम, तारा साउद, रामचन्द्र भट्ट, जमुना खड्का, दीपा बडुका, दिनेश मल्ल, मोहन मल्ल, कल्पना ताडी जेठारा, राजेन्द्र केसरी, हिक्मत मल्ल, सान्ता भुल, रणबहादुर वम, निर्मला बटाला ऐर, दीपेन्द्र कार्की, दीपबहादुर बलायर, मानबहादुर साउद, लालबहादुर कीमाडी, घने बलायर, मिन बलायर, लक्ष्मण बलायर, गौरी महरा, गोविन्द खड्का, कृष्ण भट्टाराई, ललिता बि.क., सुजना सिंह, निर्मला थापा, दीपक साउद, माया बडुका बडेला, कर्ण भण्डारी, केशव नेपाली, कृष्णलाल विष्ट, ममता बोहरा, केशव ठाट र केशव नेपाली लगायतका निर्विरोध निर्वाचन भएको नेपाली काँग्रेस जिल्ला निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत डण्डीराज ओझाले जानकारी दिए । एक निर्वाचन क्षेत्र रहेको डोटीमा यो अधिबेशन संस्थापन ईतर समुहको हो ।