धनगढी, माघ २०/ गत शनिबार पहलमानपुर दुर्घटनामा मृत्यु भएका मृतकका आफन्तले क्षतिपुर्ति नपाएको भन्दै पहलमानपुरमा चक्काजाम गरेका छन ।
दुर्घटना भएको तिन दिन बित्दापनि क्षतिपुर्तिको कुनै सुनुवाइ नभएको भन्दै मृतकका आफन्तले मंगलबार दिउसो करिव २ बजे देखि चक्काजाम गरेका हुन ।बन्दकर्ताले राजमार्ग भएर चल्ने सानाठुला कुनै पनि सवारिका साधनहरु चँल्न दिएका छैनन् भने यात्रुहरु पहलमानपुरमा अलपत्र परेका छन । यस अघि शनिबार पनि उनिहरुले सडक अवरुद्ध गरेका थिए तर चालकलाइ कानुन अनुसार कारबाहि गर्ने सहमति पछि सडक खुलाइएको थियो ।
गत शनिबार राति करिव १०ः३५ मा पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको म १ त ५४२ नम्बरको ट्रेक्टर र सोही दिशातर्फ गइरहेको ब ९१ प ४०४ नम्बरको मोटरसाइकल पहलमानपुर स्थित वन कार्यालय अगाडि ठोक्किदा दुइजनाको मृत्यु भएको थियो । दुर्घटनामा घोडाघोडी नगरपालिका १० का २४ वर्षिय गोबिन्द बुढा र वडा न ९ का १९ बर्षिय मनोज बुढा गम्भिर घाइते भएका थिए । गम्भिर घाइते दुइजनाको उपचारका क्रममा घोडाघोडी अस्पताल सुखडमा मृत्यु भएको थियो ।
टेक्टर र टेकटर चालक घोडाघोडी नगरपालिका ५ का २६ वर्षिय राम सिँ चौधरि अझै पनि इलाका प्रहरि कार्यालयले नियन्त्रणमा रहेको प्रहरिले जनाएको छ ।