धनगढी, माघ १५/ कञ्चनपुरमा राँगोले हान्दा एकजनाको मृत्यु भएको छ।
राँगोले हान्दा जिल्लाको पुनर्वास नगरपालिका २ मोतिबस्ती बस्ने ७२ वर्षीय बासुलाल चौधरीको मृत्यु भएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।
उनकाअनुसार बुधबार राँगोलाइ पराल हाल्ने क्रममा हानेपछि घाइते भएका चौधरीको मृत्यु भएको भनिएपनि घटनाबारे अनुसन्धान भने जारी रहेको छ।