धनगढी, माघ १४/ सदुरपशिचमको पर्यटकिय स्थल तथा सौन्दर्यताको सँगम खप्तडमा नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा विस्तार गरिने भएको छ । भु-स्वर्ग खप्तडको प्रबेशद्वार झिग्रानामा मँगलबार फोरजी इन्टरनेट सेवा विस्तारका लागि स्थलगत अनुगमन गरिएको छ। नेपाल टेलिकमको प्राविधीक टोली धनगढी र नेपाल टेलिकम डोटी शाखाको टोलीले स्थलगत अनुगमन गरेको हो ।
खप्तडको प्रबेशद्वार झिग्रानामा इन्टरनेट सेवा नहुदा स्थानिय एवम् पर्यटकहरुले सास्ती खेप्नुपरेको होटेल व्यवसायी दिपक खड्काले बताए । खप्तडको सौन्दर्यताको अवलोकन गर्न आउने पर्यटकलाइ समस्या हुने हुदा इन्टरनेट सेवाको पहुचका लागी आवश्यक पहल भइरहेको उनले बताए ।
झिग्रानामा इन्टरनेट सेवा विस्तारका लागी नेपाल टेलिकमलाइ आग्रह गरेको र टावर निर्माणका लागि स्थलगत अनुगमन गरी विभागबाट स्वीकृती लिएर खप्तड राष्ट्रीय निकुन्जको क्षेत्रमा चाडै टावर निर्माणको काम थालिने पुर्वीचौकी गाउपालिका २ का वडाध्यक्ष्य योगेन्द्र ठकुल्लाले बताए ।
फोरजी सेवा विस्तारका लागी सर्भे प्रक्रिया सकेर स्थलगत अनुगमन गरिएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय अत्तरियाले जनाएको छ ।