• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

काठेपुल निर्माणपछि सवारी साधन सञ्चालन

बाजुरा, माघ १२/ सदरमुकाम मार्तडीमा ६ महिनापछि यातायात सेवा सुरु भएको छ । साँफे–मार्तडी सडक खण्ड अवरुद्ध भएको करिब ६ महिनापछि सदरमुकाम मार्तडीमा यातायात पुगेका हुन् ।

साँफे–मार्तडी सडक खण्ड अन्तर्गत बार्जुगाड, ताँप्रीसेरा, बल्दे, दवारी, तिपाडा, ओलेना र पानीनाउला सम्मको भत्केको सडकमा बस सेवा सुरु हुने गरी सडक विभागले सडक निर्माण गरेको छ ।

गत साउन २५ गते राति बुढीगंगा नदीमा आएको बाढीले जडाङ्गामा रहेको बेलिब्रिज बगाएपछि मार्तडी सम्मको बस सेवा करिब ६ महिनासम्म बन्द भएको थियो ।

जडाङ्गामा बनाइएको अस्थायी काठे पुलमा जोखिम मोलेर बसहरू मार्तडी पुर्‍याइएको हो । बल्देदवारी सडकको स्तरोन्नति र जडाङ्गा नदीमा बन्ने बेलिव्रिज छिटो निर्माण गर्न सकेमा मार्तडीसम्म नियमित बस सेवा सुरु गर्न सकिने यातायात व्यवसायीको भनाइ छ ।

यसअघि धनगढीसम्म जान ३ वटा गाडी फेरेर मात्रै जानुपर्ने बाध्यता थियो । अब त्यसको अन्त्य भएको स्थानीय थानीय टेक बडुवालले बताए । अब सिधै मार्तडीबाट बसमा धनगढी, महेन्द्रनगर, काठमाडौं र नेपालगन्ज जान पाइने भएको छ ।

बडिमालिका नगरपालिकाको लगानीमा साँफे–मार्तडी सडकखण्ड अन्तर्गत जडाङ्गमा नदीमा गाडी गुड्ने काठेपुल निर्माण गरिएको बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताए ।

‘बेलीब्रिज पुल निर्माण हुँदै छ । निर्माणमा समय लाग्ने भएपछि नगरपालिकाले जिप, ट्याक्टर, मोटरसाइकल लगायतका सवारी साधन गुडाउन मिल्ने गरी काठेपुल निर्माण गरेको हो’, उनले भने ।

बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बाजुरा बासीका लागि सदरमुकाम मार्तडीबाटै नियमित बस सेवा सञ्चालनका लागि सम्बन्धित निकायसँग पहल गरिरहेको बताए ।

गत साउन २५ गतेको बाढीका कारण जडाङ्गामा रहेको बेलिब्रिज बगाएको करिब साढे ४ महिनापछि उक्त ठाउँमा नयाँ बेलिब्रिज निर्माणका लागि सडक डिभिजन कार्यालयले १ करोड ८८ लाखको ठेक्का खोलेर बेलिवृज निर्माणको काम भइरहेको सडक डिभिजन कार्यालय साँफेबगरले जनाएको छ । बेलिब्रिज निर्माण गर्ने जिम्मा जुनएम एसएमके बिल्डरर्स एन्ड कन्सट्रक्सन कम्पनी, धनगढी कैलालीले पाएको थियो ।

अहिले निर्माण कम्पनीले सामान ढुवानी गरेर बेलिब्रिज निर्माण कार्यको थालनी गरिसकेको सडक डिभिजन साँफेबगरका प्रमुख ललित खनालले बताए ।

साउन २५ गते राति बुढीगंगा नदीमा आएको बाढीले बेलिब्रिज बगाएको थियो । नदीमा रहेको बेलिब्रिज बगाएपछि सदरमुकाम मार्तडीसम्मको सडक सम्पर्क विच्छेद भएको थियो ।

२३ वर्षपछि सदरमुकाम मार्तडीसम्म पक्की बनेको सडक वर्षातमा सडक माथि र तलबाट खसेको पहिरोका कारण तहसनहस भई बिग्रेको छ । जसका कारण वर्षातमा करिब ३ देखि ४ महिनासम्म सदरमुकाम मार्तडी सम्मको सडकमा नियमित बस सेवा जहिल्यै अवरुद्ध हुने गरेको छ । बाढीकै कारण जडाङ्गाको बेलिब्रिजसँगै झोलङ्गे पुल र खेतियोग्य जमिन समेत बगाएको थियो ।

सोमबार, माघ १२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.