धनगढी, ११ माघ
धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले सहकारीबाट नै समृद्धी सम्भव भएको बताएका छन् ।
आईतबार धनगढी उप–महानगरपालिका सहकारी शाखाले आयोजना गरेको सदस्य सहभागिता र संचालकिय सक्रियता सम्वन्धी एक दिने अभिमूखीकरण कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख वडले यस्तो धारणा राखेका हुन । सहकारीहरुमा सबै शेयर सदस्यहरुको समान पहुँच हुनुपर्छ नगरप्रमुख वडले भने, ‘ सबैको जिवनस्तर माथी उठाउन सहकारी संस्था सहयोगि बन्नुपर्छ । ’

सहकारी संस्थाहरु दर्ता गरेर झोलामा हाल्नुको अर्थ हुदैन नगरप्रमुख वडले भने, संचालनमा नरहेका सहकारी खारेजी वा मर्ज गर्ने तयारीमा जुटेका छौं ।’ नगरप्रमुख वडले सहकारीमा सबैंको पहुँच बृद्धी गर्नु आवश्यक रहेको बताए । उनले भने,ठूला बैंकहरुमा सबै नागरिकको पहुँच हुदैन त्यसको बिकल्पको रुपमा पनि सहकारी संस्थाहरु रहेका छन् । सहकारीहरुले ब्यावसायीक कृषी क्षेत्रमा लगानी लगाउनुपर्ने नगरप्रमुख वडले बताए । उनले भने,जे गरेर जनताको जिवनस्तर माथी उठ्न सक्छ त्यसमा लगानी केन्द्रितहुनु आवश्यक छ । नगरप्रमुख वडले शेर सदस्यहरुमा बचत गर्ने बानीको विकास गर्नका लागि सहकारी शिक्षा आवश्यक भएको बताए ।
सरकारीको उदेश्य अनुसार सहकारी संस्थाहरु चल्न नसक्दा समस्या भैरहेको पनि नगरप्रमुख वडले बताए ।