• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बाटोमै जन्म, बाटोमै मरण

धनगढी,माघ ११/ बूढीनन्दा नगरपालिका–७ की ५३ वर्षीया बिस्ना गुरुङले १५ सन्तान जन्माइन्। उनले यी सबै बच्चा हिउँदमा चिसो छल्न बेंसी र वर्षात्मा भोट ९चीन०तिर जाने क्रममा बाटोमै जन्माएकी हुन्। तर, सात जनाको बाटोमै मृत्यु भएको उनले सुनाइन्।
बूढीनन्दाकै वडा नम्बर ८ की ३८ वर्षीया डोमा गुरुङले बाटोमै ११ बच्चा जन्माइन् । तर, उनीसँग तीन बच्चा मात्र साथमा छन्। ८ जनाको बाटोमै मृत्यु भएको उनले सुनाइन्। बसाइ सर्दा चिसो हुने र बच्चा पाउँदा विभिन्न समस्या हुने भएकाले बचाउन नसकेको उनको भनाइ छ ।

बिस्नाकै गाउँले तनी थापाले ७ सन्तानलाई बाटोमै जन्म दिइन्। तीमध्ये पाँच जनाको मृत्यु भयो। बाटोमा चिसो र स्याहार नपुग्दा घर फर्किंदासम्म मृत्यु भएको उनले बताइन्। उनले सुत्केरीका बेला न सन्तुलित खाना पाइन् न त आराम गर्न नै १ एकातिर आफ्नो स्वास्थ्य कमजोर भएको र अर्कातिर बच्चालाई जोगाउन नपाएको उनले दुखेसो पोखिन्।

हिमाली गाउँपालिका–३ बौडीकी जौमा थापा सपरिवार कात्तिक अन्तिम साता चिसो छल्न अछामतिर बसाइ सरिन्। उनकी पाँच महिनाकी छोरी बाटोमा बिरामी परिन्। त्यसको एक–दुई दिनमै छोरीको बाटोमै मृत्यु भयो। त्यसअघि दुई बच्चा जन्माएकी उनले पहिलो सन्तान वर्षात्मा चीनतिर जाँदा गुमाउनुपरेको उनले बताइन्।

बाजुराका भोटे जनजाति तथा भेंडापालक किसान परिवार चिसो छल्न र भेंडा चरिचरनका लागि लेक–बेंसी गर्छन्। लेक–बेंसी गर्दा धेरै शिशुको बाटोमै मृत्यु हुने गरेको नेपाल भोटे जनजाति महासंघका केन्द्रीय अध्यक्ष बुद्धिसिंह भोटेले बताए।

महासंघका केन्द्रीय पार्षद नृप थापा ९भोटे०का अनुसार भेंडा, च्यांग्रा र सपरिवार हिउँदका ६ महिना बेंसी झर्ने भएकाले अधिकांश महिलाले बाटोमै बच्चा जन्माउने गरेका हुन्। तीमध्ये धेरै बच्चाको बाटोमै मृत्यु हुने गरेको थापाको भनाइ छ।

धेरै बच्चा पाउने भएकाले यी समुदायका महिलाको स्वास्थ्य कमजोर हुँदै गएको छ। कडा परिश्रम गर्नुपर्ने बाध्यताका कारण आराम गर्न नपाएको तनीले बताइन्। आफूले भारी बोक्नेदेखि सबै काम गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

बाजुरा, बझाङ, मुगु, हुम्ला, जुम्लाका बासिन्दा मौसमी बसाइ सर्ने गरेका छन्। यी जिल्लाका महिलाले बसाइ सर्ने क्रममा बाटोमा बच्चा जन्माउने गरेका छन्। रहर नभएर बाध्यताले यस्ता समस्या भोग्दै आएको पाण्डुसेन बस्ने लछु बोगटीले बताइन्। ‘घरमा खान पुग्दैन, भेंडा लिएर औलतिर जान्छौँ। भेडामार्फत सामान बोकेर परिवार पाल्छौँ’, उनले भनिन्, ‘अनि, बाटोमै बच्चा नजन्माएर कहाँ जन्माउने रु’

यी महिला गर्भवती भएको समयमा स्वास्थ्य चौकीको पहुँचमा पुग्न सकेका छैनन्। कुनै खोपसमेत नलगाउने गरेको उनीहरू बताउँछन्। बाजुराको उत्तरी क्षेत्रका बूढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र सदरमुकाम रहेको बडिमालिका नगरपालिकामा भोटे जनजातिको बसोबास छ। यी स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा यो समुदायका गर्भवती महिला कम आउने गरेका स्वास्थ्यकर्मीले बताउने गरेका छन्।

आइतबार, माघ ११, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.