धनगढी, माघ ९/ प्रेस संगठन नेपालका केन्द्रीय सदस्य तथा बाजुराका क्रियाशिल पत्रकार कृष्ण ओली सुदूरपश्चिम प्रदेशका प्रेस संगठनको संयोजकमा निर्विरोध चयन भएका छन् ।
ओलीलाई प्रेस संठगन केन्द्रीय कमिटीको शुक्रबार बसेको बैठकले ओलीलाई सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिएको प्रेस संगठन नेपालले जनाएको छ ।
बिहीबार ओली पक्षले काठमाण्डौमा सम्पन्न गरेको दोस्रो राष्ट्रिय भेलापछि यस भन्दा पहिले प्रेस संगठनको सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिएका व्यक्तिहरुले संगठनको हित विपरित कार्य गरेकाले कारबाही गर्दै ओलीलाई संयोजकमा चयन गरेको बताइएको छ । ओली नेपाल पत्रकार महासंघ बाजुराका पुर्व सचिव,रेडियो बाजुराका स्टेशन म्यानेजर र नागरिक दैनिक बाजुरा समाचारदाताका रुपमा कार्यरत छन् ।
