• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

गोदावरी नगरपालिका अस्तव्यस्त, नगरप्रहरी राजस्व संकलनमा

"नगरप्रहरी राजस्व संकलनमा "

धनगढी, ९ माघ/ स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा नगरप्रहरीले नगरपालिकामा रहेको बजार व्यवस्थित गर्ने, पार्किङ सहजीकरण गर्ने तथा रेखदेख गर्ने, छाडा पशु चौपायाको नियन्त्रण, दैवीप्रकोप जस्ता घटनामा उद्दार र सहयोग गर्ने उल्लेख छ। तर, कैलालीको गोदावरी नगरपालिकाले भने नगरप्रहरीलाई नदीजन्य पदार्थ निकासीमा रोयल्टी राजस्व संकलन गर्न खटाएको छ।

नगरपालिकाको एकमात्रै सहर अत्तरियाको पार्किङ, छाडा पशु चौपाया तथा फुटपाथले गर्दा सवारी साधन ओहोरदोहोर गर्न असहज छ। यस्तै असहजतालाई सहजीकरण गर्न भर्ना गरिएका नगरप्रहरीलाई भने नदीजन्य पदार्थको राजस्व उठाउन खटिएका छन्। नगरप्रहरीलाई रोयल्टी उठाउन खोला तथा नालामा खटाउँदा अहिले अत्तरिया बजारमा नगरप्रहरीविहीन छ। नगरप्रहरी नहुँदा बजार अस्तव्यस्त हुनुका साथै सडक किनारमा जथाभावी राखिएका ठेला तथा फुटपाथ पसल राखिएका छन्। जसले गर्दा यात्रुलाई यात्रा गर्न कठिन हुनुका साथै कर तिरेर व्यापार व्यवसाय गरिरहेका व्यापारी मर्कामा छन्।

नगरको सुरक्षा, पार्किङ व्यवस्थित गर्ने भनेर राखिएको नगरप्रहरीलाई राजस्व संकलनका लागि खोलामा पठाएको बताउँदै स्थानीय व्यापारी रमेश बोगटीले भने, ‘जुन कामको लागि नगरप्रहरीलाई राखिएको हो, त्यो काम नगराएर पैसा उठाउन खटाइएको छ।’ जसले गर्दा अत्तरिया बजारको पार्किङ मात्रै नभई बजार अस्तव्यस्त देखिएको उनले बताए। ‘बजार अस्तव्यस्त छ, कर तिरेर व्यापार गरेका व्यवसायीको पसल अगाडि नै फुटपाथ पसल सञ्चालनमा हुँदा हामी मर्कामा छौँ,’ अर्का व्यापारी सुशील पाण्डेले भने,‘राजस्व तिरेर बसेका व्यापारीको अगाडि राखिएको फुटपाथलाई हटाउनु नगरप्रहरीको दायित्व हो, तर यहाँ त्यसो गरिएको छैन।’

गोदावरी नगरपालिकासँग अहिले ६ जना नगरप्रहरी जवान छन्। जसमध्ये ४ जना पुरुष र २ जना महिला छन्। ४ जना पुरुषलाई जवानलाई नदीजन्य पदार्थको रोयल्टी संकलनमा खटाइएको प्रहरीका कमाण्डर तथा नगरप्रहरी जवान पर्मानन्द भट्टले भने,‘हामीलाई अहिले नगरपालिकाले नदीजन्य पदार्थको रोयल्टी संकलनका लागि खोलामा खटाएको छ।’

नगरपालिकाको आदेशानुसार धनचौरी, सेहरी, स्याउले र बल्मीमा एक÷एक जना प्रहरी जवान खटाइएको उनले बताए। ‘हामीले नगरपालिकाको आदेश पालना गर्ने हो,’ उनले भने,‘जहाँ खटायो त्यही जान्छौँ।’ दुई जना महिला जवान भने बसपार्कमा ड्युटीमा रहेको उनले बताए।

नगरपालिकाले ठाउँठाउँमा नगर प्रहरी परिचालन गरेर ढुंगा, गिट्टी तथा बालुवा उत्खनन वापत तीन सय ५० देखि एक हजार रूपैयाँसम्म प्रति ढुवानीका साधनबाट रकम उठाउँदै आएको छ। यस कार्यमा चार जना नगर प्रहरी र ६ जना नगरपालिकामा विभिन्न फाँटमा कार्यरत कर्मचारी परिचालन गरेर नगरपालिका आफैले नदीजन्य पदार्थको उत्खनन गर्दै आएको गोदावरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत देवराज जोशीले बताए।

कोभिड–१९ का कारण जारी चार महिना लामो लकडाउन र सोपश्चात् नेपाल सरकारले तोकेको नयाँ मापदण्डका कारण समयमै नदीजन्य पदार्थ संकलन तथा उत्खननको ठेक्का प्रक्रिया टुंग्याउन समस्या भएको बताउँदै उनले भने,‘बोलपत्र आह्वान गर्दा रितपूर्वक कसैको आवेदन परेन भने अर्कोतर्फ संघीय सरकारको नयाँ मापदण्डले पनि समस्या भयो।’ नदी तथा खोला ठेक्कामा नलाग्दा नदीजन्य पदार्थ चोरी निकासी हुन थालेपछि आफैले नगरपालिकाका कर्मचारी परिचालित गरेर रोयल्टी संकलन थालिएको उनले बताए।

‘हाल हामीले नगरपालिकाका कर्मचारी र नगर प्रहरीलाई परिचालन गरेर नदीजन्य पदार्थको उत्खनन् कार्यलाई सहज बनाएका छौँ,’ उनले भने,‘राजस्व हिनामिना नहोस् भनेर सो कार्यमा नगर प्रहरी परिचालन गरिएको हो।’ नगरप्रहरीलाई राजस्व संकलनमा खटाइँदा नगरको अत्तरिया बजारमा पनि व्यवस्थितीकरण गर्न ट्राफिक प्रहरी र जनपद प्रहरीसँग समन्वय गरिएको उनले बताए।

शुक्रबार, माघ ०९, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.