कैलाली, माघ ७ /धनगढी उपमहानगपालिका वडा नम्बर १५ मा झण्डै ३ करोडको लागतमा पार्क निर्माण भएको छ। आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उदेश्यले सो ‘कनरी’ पार्कको निर्माण गरिएको छ। निर्माण कार्य सम्पन्न भएपछि पार्कमा रहेका दृश्य अवलोकनका लागि खुल्ला गरिएको हो।
धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले गुरु योजना अनुसार थप व्यवस्थित गर्दै लैजाने बताए।कोरोनाका कारणले केही महिना ढिलो गरि खुल्ला गरिएको छ, मेयर वडल भने,‘अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि खुल्ला गरिएको छ।’ पार्क निर्माण भएसँगै वडा नम्बर १५ का स्थानीयले रोजगार समेत पाएका छन्, उनले भने,‘यहाँ नभएको प्राविधिक जनशक्ती बाहेक स्थाीयलाई रोजगार दिईएको छ, वडा नम्बर १५ मा नै जडिबुटी प्रशोधन केन्द्र स्थापना गरिएकाले त्यसले पनि रोजगारी दिने छ।

’धनगढी उप–महानगरपालिकाका प्रमुख नृप वडले पार्क घुमफिर गर्नेहरुले यस भित्रका नियमहरु पालना गर्नुपर्ने बताए। पार्क सार्वजनिक स्थल हो मेयर वडले भने,‘सार्वजनिक ठाउँलाई ब्यवस्थीत र मर्यादित बनाउन केहि नियमहरु पालना गर्नुपर्छ।’पार्र्कमा २ वटा सुईर्मिङ पुल, पिकनिक स्पोर्ट, रोज पार्क र मन्दिरहरु लगायतका रमणीय संरचना निर्माण भएका छन्। निर्माणका लागि देवसिंहहरएलबी जेभिसँग २०७४ असार ३० गते सम्झौता भएको थियो।