कैलाली, माघ ५/ अत्तरिया चोकमा बसले मोटरसाईकललाई ठक्कर दिएको छ । धनगढीबाट टीकापुर तर्फ गईरहेको ना ६ ख १६५० नम्बरको बसले झलारीबाट अत्तरिया तर्फ आउँदै गरेको से २ प ९१०२ नम्बरको मोटसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल बस भित्र पसेको हो ।
अत्तरिया चोकको बिच भागमा बसले मोटरसाईकलको पछाडीको भागमा ठोके पछि मोटरसाईकल बस भित्र पसेको भएपनि चालक भने सकुशल रहेका छन । मोटरसाईकलका चालक कन्चनपुरको झलारीका प्रताप सिह साउँदले आफू बसले ठोक्ने वितिकै उछिट्टिएर सडकको किनारामा खसेकाले ज्यान जोगिएको बताए । सशस्त्र प्रहरी कार्यालय बनभेडामा कार्यरत साउँदले आफूले चलाएको मोटरसाईकल बस भित्र पसेपनि आफू ठुलो दुर्घटनाको जोखिमबाट बचेको बताए ।
बसको ठक्करबाट मोटरसाईकल क्षतिग्रस्त बनेको छ । ठक्कर दिने बसलाई ईलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।
चोकमै दुर्घटना भएपछि केहिबेर सवारी आवगमन अस्तव्यस्त बनेको थियो ।