धनगढी १९ पुस/ नेकपा सुदूरपश्चिम प्रदशेका अध्यक्ष कर्णबहादुर थापाले प्रदेश कमिटीको खाता ३० लाख रकम भिम रावलको निर्देशनमा निकालिएको आरोप लगाएका छन् । उनले प्रदेश कमिटीको खातामा रहेको रकम कुनै व्यक्ती भिम रावलको नभई पार्टीको भएको बताउदै थापाले भिम रावलको नेतृत्वमा जालझेल गरेर बैकबाट झिकेको बताएका छन् ।
सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा थापाले सो आरोप लगाएका हुन् । नेकपाको विबाद निर्वाचन आयोगले आधिकारिकता प्रदान गर्छ नेता थापाले भने–‘अर्को समुहले अराजक शैली अपनाउदै पार्टी कार्यालय कब्जा गर्नु अराजनीतिक शैली भएको छ ।’ नेकपाको साझा सम्पती कसैलै कब्जा गर्दैमा उसैको नहुने दाबी समेत गरे ।