धनगढी, १७ पुस/ नेकपा सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष कर्ण थापालाई कारबाहीको लागी सिफारीस गरिएको छ ।
शुक्रबार धनगढीमा सम्पन्न प्रदेश कमिटिको चौथो बैठ्कले थापालाई कारबाही गरेको हो ।
बैठकले उनीविरुद्ध अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो ।
यस्तै बैठ्कले नेकपा कैलाली जिल्ला अध्यक्ष रतन थापालाई कारबाही गरेको छ ।
पार्टीको र्मयादा र हित विपरीत काम गर्दै गुटगत राजनितिमा लागेको भन्दै थापालाई कारबाहीको लागी जिल्ला कमिटिलाई सिफारीस गरेको थियो ।
प्रदेश अध्यक्ष थापालाई कारबाहीको लागी सिफारीस गरीएको र कैलाली अध्यक्ष थापालाई कारबाही गरिएको प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीले जानकारी दिए ।