धनगढी १५ पुस/ नेपाल पत्रकार महासंघ कंचनपुरका अध्यक्ष बिष्णु अवस्थी नेपाल कम्युनिष्ट पार्टी प्रधानमन्त्री केपी शर्मा ओली समुहका केन्द्रीय सदस्य भएका छन्। नेकपा भित्रको अन्तर विरोध र फुटपछी ओली समुहले भरखरै थप गरेका नयाँ केन्द्रिय सदस्यमा अवस्थी मनोनीत भएका हुन ।उनी पहिले एकिकृत नेकपा माओवादीको भातृ संगठन क्रान्तिकारी पत्रकार संघमा हुदै पार्टी एक भएपछि प्रेस संगठनमा अबद्ध थिए ।
सुदूरपत्रलाई उनले आफू केन्द्रीय सदस्य मनोनित भएको बताए । उनले पत्रकारिता छाडेर सक्रिय राजनीतिमा लाग्ने विषयमा भने निर्णय गर्न बाँकी रहेको बताए ।‘अहिले केही सोचेको छैनु, अवस्थीले भने, ‘हेर्दै जाउ के के हुन्छ, म अहिले पत्रकार नै हो।’