धनगढी, १४ पुस/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रचण्ड–नेपाल समूह नै आधिकारीक भएको बताएका छन् ।
मंगलबार नेकपा प्रचण्ड–नेपाल समूहले डोटीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दे उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउन नभई प्रचण्ड–नेपाल समूहलाई अलग्याउन प्रतिनिधि सभा विघटन गरेको बताए।
‘के ग्यारेन्टी छ बैशाखमा चुनाव हुन्छ भन्ने कुरा। कुनै ग्यारेन्टी छैन। किन भने त्यो (चुनाव) गर्नका लागि त्यो (प्रतिनिधि सभा विघटन) गरिएका हैन’ उनले भने।
साथै उनले प्रचण्ड–नेपाल समूह नै आधिकारीक भएको दाबी गरेका छन् । प्रचण्ड–नेपाल समूहले केही दिनअघि आयोजना गरेको बैठकमा बहुमत केन्द्रीय सदस्य सहभागी भएको बताउँदै उनले उक्त समूह नै आधिकारीक नेकपा भएको बताए।