धनगढी, पुष १३/ नेपाली कांग्रेलसले धनगढीमा बिरोध प्रदर्शन गरेको छ। धनगढीमा आयोजित बिरोध सभालाइ सम्बोधन गर्दै नेपाली कांग्रेस जिल्ला सभापति नरनारायण शाहले नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक कलहले देश संकटमा धकेलिएको बताएका छन्।
उनले भने ‘नेकपाका कारण नेपालको संविधान माथि दुर्घटना हुने स्थिति देखियो, मुलुक संविधान र जनताको रक्षाका लागि नेपाली कांग्रेस सडकमा छ, काङ्ग्रेसले एक पटक फेरि संघर्ष गर्ने अवस्था आएको छ’।
शाहले संघीय प्रतिनिधी सभा विगठन गर्दै निर्वाचनको घोषणा गरिएको भन्दै त्यसका लागि तयारी गर्न पार्टीका नेता तथा कार्यकर्ता लाइ निर्देशन दिएका छन्।
नेकपाले जनताको मतको अनादर गर्यो अब निर्वाचनमा गए नेकपालाई जनताले भोट नदिने उनको तर्क छ।