धनगढी, १२ पुस/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रचण्ड–नेपाल समुहसंग असन्तुष्ट देखीएका छन् । नेकपा भित्रको विवादपछि खुलेर प्रचण्ड–नेपाल समुहमा देखीएका मुख्यमन्त्री भट्ट आफ्नै समुहबाट सयोहग नपाएपछि असन्तुष्ट बनेका हुन् ।
आफ्नै समुहबाट हटाउने तयारी भएपछि मुख्यमन्त्री भट्ट प्रतिपक्ष दल नेपाली कांग्रेस संग छलफलमा जुटेका छन् । आइतबार धनगढीमा प्रदेश सभा संसदिय दलका नेता रणबहादुर रावलसंग भेटर्वार्ता समेत गरेका छन् ।
नेता रावलसंगको भेटर्वार्तामा भट्टले आफ्नै समुहबाट असहयोग भएको बताएका छन् । उनले पछिल्ला अवस्थामा आफुलाई असहज अवस्था सिर्जना भएको भन्दै आइपरेको खण्डमा सहकार्य गरेर अगाडी बढ्ने प्रस्ताव गरे ।
छलफलमा प्रतिपक्ष दलका नेता रावलले पाँच बर्ष तपाईहरु नै मिलेर सरकार चलाउन बताएका थिए ।
आफुहरुलाई जनताले पाँच बर्ष प्रतिपक्षमा बस्न जनआदेश दिएको र अहिले नै सरकारमा जाने तयारी नरहेको बताए ।
तपाईहरुले कुनै हालतमा सरकार चलाउन नसकेको अवस्थामा मात्रै सरकार सम्हाल्ने जिम्मेवारी आफुहरुको रहेको भन्दै सुझाएका थिए ।