धनगढी, १२ पुस/ संसद विघटनको निर्णयपछि नेकपामा बझाङमा पनि फुटउन्मुख असर देखा परेको छ ।
संसद विघटन र मध्यावधि निर्वाचनको घोषणाको विषयलाई लिएर जिल्लास्थित नेकपामा संगठनहरू विभाजनको मुखमा पुगेका हुन् ।
यसैबीच आइतबार बझाङको चैनपुरमा रहेको नेकपा जिल्ला पार्टी कार्यालयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले तालाबन्दी गरेका छन् ।
प्रचण्ड–नेपाल समुहको बहुमत रहेको बझाङमा ओली निकट मानिने विद्यार्थी संगठन अनेरास्वियुका संयोजक प्रविन्द्र धामीले ताला लगाएका जनाएका छन् ।
उनले पार्टी कार्यालयमा केही समयदेखी गुटगत भेला आयोजना भइरहेको भन्दै निर्वाचन आयोगको निर्णय आएपछि मात्रै ताला खोल्ने बताएका छन् ।