धनगढी, ११ पुस/ सुदूरपश्चिम प्रदेश सभा नेकपा प्रमुख सचेतक तारालामा तामाङले मुख्यमन्त्री विरुद्ध हस्ताक्षर संकलन नभएको बताएका छन् ।
प्रचण्ड–नेपाल समुहबाटै प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट विरुद्ध हस्ताक्षर संकलन भन्दै ओली पक्षका सासंदहरुले अफवाह फैलाएको बताए ।
नेकपा संसदीय दलको कार्यालयमा भेटिएका तामाङ्गले मुख्यमन्त्री विरुद्व प्रचण्ड–नेपाल समूहकै १८ सांसदको हस्ताक्षर संकलन भन्दै सामाजिक सञ्जालमा फैलिएको हल्ला गलत भएको बताएका हुन ।
उनले भने–‘अहिले त्यस्तो कुनै छलफल भएको छैन, हस्ताक्षर संकलन गलत हल्ला हो ।’ आफ्नै पक्षका नेता विरुद्ध हस्ताक्षर संकलन असम्भव भएको बताए । तामाङले प्रदेश सरकारमा हेरफेर हुनसक्ने बताएपनि अहिले हस्तारक्ष संकलन नै नभएको बताए ।
प्रदेश सरकार हेरफेर गर्ने निर्णय भदौमा नै भएको बताउदै, अहिलेको अवस्थामा पार्टीले निणर्य गरेमात्रै प्रदेश सरकार हेरफेर हुने बताए ।