धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको भूमी व्यबस्था कृषि तथा सहकारी मन्त्री बिनीता चाैधरीले आफू प्रचण्ड नेतृत्वकाे नेकपाकाे सिपाही रहेकाे बताएकी छन् । प्रतिनिधी सभा विघटनपछि नेकपा केन्द्रमा पार्टी विवाद बढेका बेला केही मिडियाले आफुलाई जाेडेर मन्त्री पदवाट राजिनामा दिएकाे समाचार बनाएकाेप्रति आपत्ति जनाउँदै उनले यस्ताे बताएकी हुन् ।
उनले भनिन- ‘त्याे खबर झुटाे हाे, भ्रम फैलाउने षडयन्त्र हुनसक्छ ।’ आफुमा राजनीतिक चेतना भएदेखि प्रचण्ड नेतृत्वकाे कम्युनीष्ट पार्टीकाे सदस्य भएर सकेजति जनसेवा गरिरहेकाे भन्दै उनले भ्रमकाे पछि नलाग्न पार्टी कार्यकर्ता शुभचिन्तक तथा आम जनमानसलाई आग्रह गरिन् ।
यतिबेला नेपाल कम्युनिस्ट पार्टीलाई बास्तविक श्रमजिवी नेपालीकाे आफ्नाे पार्टी बनाउन नेता कार्यकर्ताले लाेभ लालच त्यागेर आफुहरुजस्तै प्रचण्ड-नेपाल नेतृत्वमा गाेलबद्ध हुनुपर्ने उनकाे भनाई छ ।