धनगढी,१० पौष/प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । यसअघि रिक्त मन्त्री पदमा शुक्रबार ओलीले नियुक्त गरेका हुन्।
कैलाली निर्वाचन क्षेत्र नं। ३ बाट निर्वाचित गौरीशंकर चौधरीसहित ५ जनालाई नियुक्त गरेको हो। पूर्व कृषि मन्त्रीसमेत रहेका चौधरीलाई खानेपानी मन्त्रीको जिम्मेवारी दिइएको हो। विहिबारसम्म चौधरीले आफु प्रचण्ड(नेपाल समूहमा रहेको प्रतिक्रिया दिदै आएका थिए।
त्यस्तै, श्रममन्त्रीको जिम्मेवारी प्रभु साहले पाएका छन् भने पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालय दिएको बुझिएको छ।
राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरुको आज साँझ ७ बजेलाई सपथको कार्यक्रम राखिएको छ । प्रचण्ड–माधव पक्षका मन्त्रीहरुले राजीनामा दिएपछि ती मन्त्रालयहरु खाली रहेका थिए।