धनगढी, ९ पुस/ नेकपा कैलाली अध्यक्ष दीर्घ सोडारीलाई धनगढी विमानस्थलमा भव्य स्वागत गरीएको छ । प्रचण्ड–नेपाल समूहद्वारा जिल्ला अध्यक्षमा पुनर्बहाली गरिएका सोडारीलाई स्वागत गर्न सयौं संख्यामा नेता कार्यक्रर्ता विमानस्थल पुगेका थिए ।
पुर्व सामाजिक विकास मन्त्रीसमेत रहेका सोडारीलाई विमानस्थलमा स्वागत गर्दै कार्यकर्ताले प्रधानमन्त्री केपी ओलीको विरोधमा नाराबाजी गरेका थिए।
प्रतिनिधि सभा विघटन गरेको विरोधमा ओली विरुद्ध मोर्चाबन्दी गरेका प्रचण्ड–नेपाल समूह समर्थित कार्यकर्ताले ओली मुर्दावादको नारा लगाएका हुन्।
प्रदेश सभा सदस्य समेत रहेका नेकपा कैलाली जिल्ला अध्यक्ष रतन थापालाई हटाएर जिल्ला अध्यक्षमा पूर्व एमालेका अध्यक्ष रहेका सोडारीलाई दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले कैलाली जिल्ला अध्यक्षको जिम्मेवारी दिएको हो।