धनगढी ०८ पुष/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड बिच भेटवार्ता हुने भएको छ ।
९ः३० बजे मुख्यमन्त्री भट्ट र अध्यक्ष प्रचण्ड बिच भेटघाट हुने कार्यक्रम तय भएको मुख्यमन्त्री स्रोतले जानकारी दिएको छ ।
भेटका क्रममा सुदूरपश्चिम प्रदेशमा पार्टीका अवस्था र प्रदेश सरकारको विषयमा पनि छलफल हुने बताइएको छ ।
सुदूरपश्चिम प्रदेशमा नेपाल – दाहाल पक्षका सांसदहरूको बढी छन् । प्रदेश सरकारमा पनि मुख्यमन्त्री सहितका अधिकांश मन्त्री नेपाल – दाहाल पक्षमा छन् ।
मुख्यमन्त्री भट्ट र अध्यक्ष दाहाल बिचको भेटले सरकार समीकरणमा पनि फरक पर्ने आशङ्का गरिएको छ ।