धनगढी, ७ पुस/सुदूरपश्चिम प्रदेशका पुर्वमन्त्री सामाजिक बिकास मन्त्री तथा नेकपाका कैलाली अध्यक्ष दीर्घ सोडारीको कारबाही फुकुवा भएको छ ।
काठमाडौंमा जारी नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले सोडारीलाई कारबाही फुकुवा गरेको हो । तत्कालीन नेकपा कैलाली अध्यक्ष समेत रहेका सोडारीलाई पुनः कैलालीको अध्यक्षको जिम्मेबारी दिएको छ ।
पार्टीले सोडारीको आचरण र पदीय मर्यादाविरुद्ध परेका उजुरी परेको भन्दै २०७५ कार्तिकमा कारबाहीमा गरेको थियो । उनलाई हटाएर सामाजिक विकासमन्त्रीमा कृष्णराज सुवेदी र कैलाली अध्यक्षमा रतन थापालाई नियुक्त गरेको थियो ।
सोडारी प्रदेशसभा सदस्य भने कायममै थिए । उनी कैलाली क्षेत्र नम्बर ४ क बाट प्रत्यक्ष तर्फबाट निर्वाचित भएका प्रदेशसभा सदस्य हुन् ।