• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

मोहन्यालमा आन्तरिक किचलो, गाउँपालिका अध्यक्षले छाँया कार्यालय सञ्चालन गरेको आरोप

गोविन्द बीसी
बौनिया,२१ असोज । कैलालीको मोहन्याल गाउँपालिका कार्यालय स्थायी रूपमा स्थापना नभइ मनोमानी ढंगले सञ्चालन भइरहेको भन्दै जनप्रतिनिधि असन्तुष्टि भएका छन् । कैलालीको मोहन्याल गाउँपालिकामा गाउँपालिका उपाध्यक्ष, वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाएका छन् । गएको आइतबार गाउँपालिका उपाध्यक्ष पूजादेवी बुढामगर, वडा नम्बर १ का वडाअध्यक्ष नवीन पुनमगर, २ का वडाअध्यक्ष देवीदत्त उपाध्याय, ३ का वडाअध्यक्ष नन्दराम गिरी, ४ का वडाअध्यक्ष टेकबहादुर बोगटी, ५ का वडाअध्यक्ष छविलाल हौजालीमगरले संयुक्त रूपमा हस्ताक्षर गरि ध्यानाकर्षण गराएका हुन् ।

यस्तै, कार्यपालिका सदस्य तारा शर्मा, राधिका दमाई, तुल्सी पुरी, विशालकुमार पहराई सहितले गाउँपालिका अध्यक्ष नवलसिंह रावलको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।
उनीहरूले आर्थिक वर्षको २०७७र०७८ को पहिलो चौमासिक सकिनै लाग्दा पनि कार्यपालिका बैठक बोलाउन आनाकानी गर्ने, कार्यालयबाट सेवाप्रवाहमा रुचि नदेखाउने, कर्मचारीको केही समूहलाई काखी च्यापेर कार्यालयमा कर्मचारी हाजिरी हुन रोक्ने, गैर कानूनी रूपमा लम्की, सोल्टा बसेर गाउँपालिका अध्यक्षबाट गाउँपालिकाको छाँया कार्यालय सञ्चालन भइरहेको आरोप लगाएका छन् ।
मोहन्याल गाउँपालिकामा विगत लामो समयदेखि गाउँपालिका कार्यालय सञ्चालनका विषयमा विवाद चुलिदै आएको छ । कार्यालय सञ्चालन, सेवाग्राहीको काम, कर्मचारी व्यवस्थापन तथा विकास निर्माणका सवालमा समेत विगत लामो समयदेखि विवादमा मुछिदै आएको मोहन्याल गाउँपालिकामा पुनः जनप्रतिनिधि बीच विवाद चुलिएको हो ।
गाउँपालिका अध्यक्ष रावलले एकलौटी रुपमा मनोमानी तरिकाले कार्यालय सञ्चालन गर्दा काम गर्न असहज भएको, सेवाग्राहीलाई सेवा प्रदानमा कठिनाई हुँदै आएको बताएका छन् भने, विकास निर्माणका कार्य विगतदेखि प्रभावित र अस्तव्यस्त हुँदै आएको जनाएका छन् ।
यसैगरी गाउँपालिका अध्यक्ष रावलले एकलौटी मनोमानी तरिकाले गैरकानूनी रूपमा कैलालीको लम्कीमा एक स्थानीयको घरबाट छाँया कार्यालय सञ्चालन गरेको, आफ्नो स्वार्थमा काम नगरेका कर्मचारीलाई मानसिक दबाब दिने, सो काम नगरे जागिरबाट हटाउने, सरुवा गर्ने, विभिन्न आरोप लगाएर कार्वाहीको धम्की दिने जस्ता कार्यले गाउँपालिका जनप्रतिनिधि र कर्मचारीलाई काम गर्ने वातावरण सहज नभएको उल्लेख छ ।

साथै, ध्यानाकर्षण पत्रमा अबको १० दिनभित्र पालिकाको बैठक कार्यालयमै बोलाउन, गाउँपालिकाको कार्यालय भन्दा बाहिर बसेर गाउँपालिकाको लेटरप्याड र छाँपको दुरुपयोग रोक्न माग गरिएको छ । निवेदनमा आफ्नो निहित स्वार्थका लागि भैरव आधारभूत विद्यालय मोहन्याल गाउँपालिका वडा नम्बर ७ नौलाकोटका प्रधानाध्यापक नरेन्द्रबहादुर थापालाई गाउँपालिका अध्यक्षले नीजि सचिव बनाउनु कानूनसम्मत नभएको र तोकिएको जिम्मेवारबाट फिर्ता लिनुपर्ने माग समेत राखिएको छ ।
गाउँपालिका कार्यालय सञ्चालन बारे ठोस र मूर्त प्रस्ताव ल्याइ स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ बमोजिम प्रक्रिया पूरा गरि कानूनसम्मत रूपमा विषयको टुंगो लगाउन आग्रह गरिएको छ ।
विभिन्न ११ बुँदे माग राख्दै लेखिएको उक्त ध्यानाकर्षण पत्रको बोधार्थ मोहन्याल गाउँपालिकाको कार्यालय, सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संघीय सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य झपटबहादुर रावल, सुदूरपश्चिम प्रदेश सभा सदस्य रतन थापा, नन्दबहादुर साउँद, दीर्घ सोडारी, नेकपा कैलाली जिल्ला कमिटी सचिव लालबहादुर सोडारी सहितलाई पठाइएको छ ।

बुधबार, असोज २१, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.