धनगढी, २० असोज/ कञ्चनपुरको महेन्द्रनगरका समाजसेवी एवं बरिष्ठ अधिवक्ता नारायणप्रसाद खत्रीले आफ्नो जन्मदिनको अवसरमा मंगलबार बेदकोट नगरपालिकामा रहेको वद्धाश्रममा कम्वल र खाद्य समाग्री वितरण गरेका छन्। बरिष्ठ अधिवक्ता खत्रीले बेदकोट नगरपालिका–७ मा रहेको बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा आश्रय लिइरहेका १४ जना जेष्ठ नागरिकहरुलाई एक/एक थान कम्वल, ५०/५० किलोग्राम चामल र पिठो, नुन तेल लगायतका खाद्य सामाग्री वितरण गरेका हुन । सोही अवसरमा उनले वद्धाश्रममा रहेका सबै जेष्ठ नागरिकहरुलाई खाना समेत खुवाएका थिए ।
उनले जाडो मौसम सुरु हुन लागेकाले वद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई कम्वल वितरण गरिएको बताए। “ एउटा सानो अवसर जुरेर वद्धाश्रममा सहयोग गरेका हौं ।” उनले भने–“ जेष्ठ नागरिकलाई सम्मान र स्यहार गर्नु सबैको साझा दायित्व पनि हो ।” सो क्रममा भीमदत्तनगरपालिका–१ का वडाध्यक्ष आसेफ कुवँर (भुन्टु) र अधिवक्ता नन्दादेवी खत्री लगायतको सहभागिता रहेको थियो ।
सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ्गमा जन्मिएका बरिष्ठ अधिवक्ता खत्री लामो समयदेखि महेन्द्रनगरमा रहेर न्याय क्षेत्रमा सक्रिय छन्।