डोटी, २० असोज/ बेहोस अवस्थामा फेला परेका एनजिओकर्मी विनोद खड्काको निधन भएको छ । कार्यक्षेत्रमा जादै गर्दा बेहोस अवस्थामा भेटिका खड्काको निधन भएको हो । उनलाई उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
आदर्श गाउँपालिका १ बाँझ घर भएका खड्का मंगलबार बिहान बडिकेदार गाउँपालिका १ विपिनगरबाट दुई किलोमिटर अगाडी गोलेचौडमा बेहोस अवस्थामा फेला परेका थिए ।
मृतक खड्का केदार ग्रामिण विकास समाज नेपालले सहजिकरण गरिरहेको ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत थिए ।
विपिनगरबाट गाउँपालिकाको कार्यालय तिर मोटरसाइकलमा हिडेका खड्कालाई गाउँपालिकाका कर्मचारी तिलम साउँदले बाटोमा बेहोस अवस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालय विपिनगरका इन्चार्ज ईन्सपेक्टर लाल बहादुर ऐरले जानकारी दिए ।
घटना के कति कारणले भएको हो भन्ने बारे अनुसनधान पछि मात्रै भन्न सकिने उनले बताए ।
