• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

स्मार्टफोनबाट राम्रो फोटो कसरी खिच्ने ? अपनाउनुहोस् यी टिप्स

काठमाडौं । एक समय यस्तो थियो, फोटोग्राफी भनेकै क्यामेरा हुन्थ्यो । तर पछिल्ला केही वर्षमा एकसे एक उत्कृष्ट स्मार्टफोन बजारमा आएका छन् । जसले गज्जबको फोटोग्राफीको काम गर्न सक्छन् ।

यतिसम्म कि डीएसएलआर पनि फोनको अगाडि नतमस्तक जस्तै हुनपुग्छ । अहिलेको समयमा क्यामेरा भएको फोन लगभग सबैसँग हुन्छ र आजको समयमा सबै जना फोटोग्राफर । तर यदि केही टिप्स अपनाउने हो भने फोटोग्राफीलाई अर्को स्तरमा लैजान सक्नुहुन्छ ।

यस्ता छन् केही टिप्स

  • फोटो शूट गर्नुभन्दा अगाडि सुती कपडाले आफ्नो फोनको क्यामेरा सफा गर्नुहोस् । लेन्स सफा नगर्दा फोटोहरु धमिलो हुन पुग्छन् । कतिपय पटक त हामी खाना खाइसकेपछि सोझै फोन समातिरहेका हुन्छौं । केही व्यक्तिहरु त झन् खाना खाइरहँदा समेत फोन चलाउन नछाड्ने बानीका हुन्छन् । यस्तोमा खानामा प्रयोग भएको तेलको छाप लागिरहेको हुन्छ । त्यसैले लेन्स सफा गर्नु तपाईंको पहिलो काम हुन्छ ।
  • कतिपय समय शूट गर्दा फोटो बर्न भइरहेको हुन्छ । यसका लागि मोबाइलमा फोटोको फ्रेम तयार हुनेबित्तिकै सबैभन्दा चहकिलो भागमा ट्याप गर्नुहोस् । यसबाट क्यामेरामा सन्तुलित एक्सपोजर तयार हुन्छ र राम्रो परिणाम निस्किन्छ । तपाईं डार्क वा ब्राइटमा गएर समेत एक्सपोजर मिलाउन सक्नुहुन्छ ।
  • आफ्ना साथीभाइ वा परिवारको फोटो खिच्दै हुनुहुन्छ भने कन्ट्रास्ट ब्याकग्राउण्डको प्रयोग गर्नुहोस् । यसबाट फोटोको गुणस्तर अझ सुध्रिनेछ । यदि आमनेसामने कन्ट्रास्ट छैन भने घुँडा टेकेर बस्नुहोस् । सकेसम्म अनुहार पछाडि आकाशको हिस्सा देखियोस् । यसको भिन्नता तपाईंले अवश्य पनि महसुस गर्नुहुनेछ ।
  • यदि आउटडोर वा घरबाहिर शूट गर्दै हुनुहुन्छ भने सूर्य तपाईंको ९खिच्ने मान्छेको० पछाडिपट्टी हुन जरुरी छ । यसबाट अनुहार र वस्तुमा राम्रो प्रकाश पर्नेछ ।
  • त्यस्तै घर तथा भवनभित्र शूटिङ गर्दै हुनुहुन्छ भने प्रकाशको स्रोतको अवश्य ख्याल राख्नुहोस् । फ्रेममा लाइट सोर्स देखिनबाट जोगाउनुहोस् । यदि त्यसो गर्न सम्भव छैन भने छायादार इफेक्टको प्रयोग गर्नुहोस् ।
  • पोट्रेट मोड त्यतिखेर मात्र प्रयोग गर्नुहोस्, जब तपाईंको अगाडि केवल एउटा मात्र सब्जेक्ट फोटो खिचिने व्यक्ति वा वस्तु होस् । यदि
  • साथमा थुप्रै व्यक्तिहरु हुनुहुन्छ भने यो मोड प्रयोग नगर्नुहोस् । किन भने यसबाट कसैको काँध वा रौं ब्लर हुन सक्छ । पोट्रेट मोड केवल फूल, जनावर वा यस्तै अरु चिजको फोटो खिच्नका लागि अझ बढी उपयुक्त हुन्छ ।
  • यसैगरी कुनै स्थिर वस्तुको भिडियो शूट गर्दै हुनुहुन्छ भने स्लो मोसनमा शूट गर्नुहोस् र यस्तोमा वस्तुतर्फ अगाडि बढ्नुहोस् । यसबाट थ्रीडी इफेक्ट समेत क्रियट गर्न सकिन्छ ।
  • शूटिङको दौरान ब्ल्याक तथा व्हाइट फ्रेम प्रयोग गर्नुहोस् । यसले कुनै पनि कलर फोटोग्राफलाई अझ राम्रो देखाइदिन सक्छ ।

शनिबार, भदौ ०६, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली एक रुपैयाँको सिक्का तयार भयो चुच्चे नक्सासहित
डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने
कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.