• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

प्रदेश सरकारले ल्याएको एफएम, रेडियो र टेलिभिजन ऐन नमान्ने पत्रकारहरुको चेतावनी

कैलाली, २९ साउन/सुदूरपश्चिम प्रदेश सभाले एफएम, रेडियो र टेलिभिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पत्रकारहरुको विरोधका बिच पारित गरेको छ । प्रदेश सभाको बुधबार बसेको बैठकले विधेयकको दफवार छलफल गरी विधायन समितिले तयार गरेको प्रतिवेदन र विधेयकमाथि सामान्य छलफल गरी पास गरेको हो ।
विधायन समितिले समेत सो विधेयकमा रहेको बोर्ड गठनको प्रावधान बाहेक एफएम, रेडियो र टेलिभिजनमाथि अंकुश लगाउने प्रावधान जस्ताको त्यस्तै राखेर प्रतिवेदन सभामा पेश गरेको थियो ।
सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले सामान्य छलफलमा समेत कारबाही तथा दण्ड सजायको व्यवस्था मन्त्रालयलाई नदिएर न्यायालयलाई दिने व्यवस्था गर्नुपर्ने सुझाव दिए पनि संसद्ले मन्त्रालयलाईनै सो अधिकार दिने गरी विधेयक पारित गरेको हो ।
प्रदेश सरकारले ल्याएको उक्त विधेयक प्रेस हित विपरीत भएको भन्दै सुदूरपश्चिमका पत्रकारहरुले नमान्ने चेतावनी दिएका छन् । बिहीबार धनगढीमा प्रेस युनियन कैलालीले आयोजना गरेको छलफल कार्यक्रममा पत्रकारहरुले समाचार सम्प्रेषण तथा उत्पादन गर्दा सरकार र सत्तापक्षले ठाडो हस्तक्षेप गर्ने काम भएको भन्दै आक्रोश पोखे ।
वरिष्ट पत्रकार मनमोहन स्वारले प्रदेश सभाबाट पास भएको विद्येक खारेज हुनुपर्ने बताए । उनले सरकारले सरोकारवाला संग छलफलनै नगरी ल्याएको उक्त विधेयक पत्रकारको हित विपरित भएको बताए ।
यस्तै पत्रकार महासंघका केन्द्रीय सदस्य मिन बमले प्रदेश सरकारले ल्याएको उक्त विधेयक प्रति पत्रकार सहासंघ केन्द्रीय समितीको पुर्ण विमती रहेको र तत्काल खारेज गरिनुपर्ने धारणा व्यक्त गरे । उनले सरकारले प्रेस स्वतन्त्रताको घाटी निमोठ्ने कार्य भएको बताए ।
पत्रकारहरुले उक्त विधेयक सच्याउनुपर्ने भन्दै पटकपटक सुझाव दिएको र पत्रकार र पेशागत संगठनका सुझाव सल्लाहलाई वेवास्ता गर्दै प्रेसमाथि अंकुश लगाउने नियतले ल्याएको उक्त ऐन नमान्ने बताएकाछन् ।
पत्रकार महासंघका पुर्व अध्यक्ष कर्ण शाहले उक्त ऐनले सरकारलाई अधिकार सम्पन्न बनाएर मिडियालाई अंकुश लगाउने नियतले ल्याएको बताए । उनले भने–‘फेरी काल पल्कीयो भन्ने अर्थ लाग्ने उक्त ऐनले प्रेस स्वतन्त्रतालाई ठाडो हस्तक्षेप गर्ने नियत देखीन्छ ।’ उनले सरकारले संसदबाट पास गरेको उक्त ऐन तत्काल खारेज गर्नुपर्ने धारणा राखे ।
यस्तै प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले सरकारले प्रेस स्वतन्त्रता माथि ठाडो हस्तक्षेप गर्ने गरी ल्याएको उक्त ऐन तत्काल खारेज नगरे कडा आन्दोलन र संर्घषका कार्यक्रम अगाडी बढाउने चेतावनी दिए ।
आफै अभियोग लाउने, आफै अनुसनधान गर्ने र आफै सजाय तोक्ने निकायका रुपमा आन्तरिक मामिला तथा कानून मन्त्रालय रहन नहुने, प्रसारण पूर्व कुनै पनि बिषयको विवरण मन्त्रालयमा पेश गर्ने बिषय संविधान विपरित हुने पत्रकारहरुको धारणा छ ।

सुदूरपश्चिम सरकारले मिडियालाई कब्जामा राख्न खोज्यो : प्रेस युनियन

बिहिबार, साउन २९, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.