काठमाडौं, २८ साउन/आज राति अत्यधिक मात्रामा उल्का वर्ष हुनेछ। स्विफ्ट टटल नामक पुच्छ्रेताराका कारण हुने यस वर्षको उल्का वर्षा रातिदेखि भोली बिहानसम्म हुनेछ।
उल्का वर्षा स्थानीय समय अनुसार १२ अगस्ट अर्थात आज राति १०ः३० बजेदेखि अगस्ट १३ बिहान ५ बजे सम्म देख्न सकिनेछ। तर, अत्यधिक मात्रामा भने अगस्ट १३ बिहान ३ः४ बजे देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले बताएको छ।
यस वर्ष त्यसबेला प्रतिघण्टा १५० वटासम्म उल्का वर्षा देख्न सकिने अनुमान गरिएको र उल्का वर्षाहरूको गति प्रतिसेकेण्ड ६० कि।मि। सम्म हुने भएकाले करिब ७० किमि माथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिने सोसाइटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।