काठमाडौं, २८ साउन/पत्रकार तथा कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँको निधन भएको छ । सोमबार दिउँसोदेखि बेपत्ता रहेका बानियाँ मकवानपुरको सिस्नेरीस्थित मान्डू जलविद्युत् परियोजना क्षेत्र (बागमती) किनारमा मृत अवस्थामा शव फेला परेको हो ।
राजधानीको बल्खुचोकमा बागमती नदीमा बगेको अवस्थामा सोमबार करिब साढे तीन बजे एक युवा देखापरेको प्रहरी, स्थानीयले देखेका थिए ।
खोलामा शव देखा परेको भन्दै प्रहरी र स्थानीयहरुले नदी किनारमा खोजिरहेका थिए तर भेलका कारण शव स्पष्ट रुपमा बगेको देखिएपनि उद्दारमा भने कठिनाई भएको थियो ।
बल्खुचोकदेखि चोभारसम्म सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीहरुले नदीमा बगेको व्यक्तिलाई उद्दार गर्न पछ्याइरहेका थिए तर नदी बहाव बढी भएका कारण निकाल्न सकिएको थिएन । यदपी त्यसबेला परिचय भने खुलेको थिए ।
बानियाँ पछिल्लोपटक एक दशकभन्दा अघिदेखि कान्तिपुरमा कार्यरत थिए । त्यसअघि पनि उनले कान्तिपुर, नागरिकलगायतमा सम्बद्ध रही पत्रकारिता गरेका थिए ।
