• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुनमा रेकर्ड नै रेकर्डको वर्ष

काठमाडौं । आर्थिक वर्ष ७६र७७ को पहिलो दिन नेपाली बजारमा सुनको भाउ प्रतितोला ६४ हजार पाँच सय थियो । तर, आर्थिक वर्ष सकिँदा सुनको प्रतितोला मूल्य करिब ९५ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

एक वर्ष अवधिमा मात्रै सुनको मूल्य एक तोलामा करिब ३१ हजार रुपैयाँले बढेको छ । आर्थिक वर्ष ७५र७६ मा सुनको प्रतितोला मूल्य ७ हजार पाँच सय रुपैयाँले बढेको थियो । दुई आर्थिक वर्षमा सुनको मूल्य वृद्धिदर हेर्दा अघिल्लो वर्ष भन्दा गत वर्ष ४।१३३ गुणाले सुनको भाउ आकासिएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका महाचिव धर्मसुन्दर बज्राचार्य आर्थिक वर्ष ७६र७७ मा सुनको मूल्यमा आएको बढोत्तरीलाई सुनको भाउमा भएको रेकर्डको वर्ष मान्छन् ।

‘अघिल्लो वर्ष पनि सुनको मूल्य नबढेको होइन, तर गत वर्ष जस्तो हरेक दिन रेकर्ड कायम त्यो वर्ष थिएन,’ बज्राचार्यले भने ।

एक तोलामै एक वर्षमा ३१ हजारले मूल्य बढ्नु सामान्य नभएको उनको भनाइ छ । सन् २०१९ जुलाई २३ मा सुनको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिऔंस १४२५।५५ डलर थियो । तर, सन् २०२० को जुलाई २३ मा प्रतिऔंस मूल्य १८७८।३० डलर कायम भएको अमेरीकी सुनको मूल्य तोक्ने संस्था वालस्ट्रेटले जनाएको छ ।

सुनको मूल्य बढाउने विश्व घटना

अमेरिका-चीनको विवादको छायाँ नेपालमा के पर्छ र रु भन्ने धेरैको जिज्ञाशा हुन्छ । तर खुल्ला बजार अर्थतन्त्रमा बजार र अन्तराष्ट्रिय व्यपारको छायाँ हरेक देशमा परेको हुन्छ ।

आर्थिक वर्ष ७६र७७ मा सुनको मूल्य आकासिनुको मूख्य तीन कारण यस्तै छन् । पहिलो कारण नेपाली नयाँ आर्थिक वर्षको सुरुआती दिनमा अमेरिका(चीन व्यापार युद्ध जारी थियो । विश्वको आर्थिक महाशक्ति मुलुकहरु एक अर्काविरुद्ध व्यापार निषेधको खेलमा लाग्दा विश्व अर्थतन्त्र तरगिंत बनेको र त्यसको असर सुन बजारमा परेको फाइन्यान्सियल टाइम्सले लेखेको छ ।

व्यापार युद्धको पहिलो चरणमा चिनीयाँ सामानमा अमेरिकाले २५ प्रतिशत भन्सार महसुल लगाउँदा मार्च २३, २०१८ मा सुनको मूल्य ०।१ प्रतिशतले बढेको थियो यतिबेला सुनको अन्तराष्ट्रिय प्रतिऔस मूल्य १३ सय ३० डलर थियो । यही शृखलाकै क्रममा सन् २०१९ को जुन १ मा चीनले अमेरीकी वस्तुमा भन्सारदर बृद्धि गर्दा सुनको भाउ २ प्रतिशतले बढेको थियो ।

अमेरिका(इरान तनाव पनि सुन बजारलाई बढोत्तरी गराउने दोस्रो कारण हो । इरानी सैन्य प्रमुख सुलेमानीको अमेरिकाले इराकमा हत्या गरिदिएपछि बढेको दुई देशबीचको तनावले सुन बजारमा असर पर्‍यो भने सोही तनाव जारि रहेकै बेला कोभिड १९ को महामारी विश्वभर रहृयो र सुनको मूल्य ओरालो झर्नै सकेन ।

अन्तर्राष्ट्रिय घटनाक्रम र सुनको मूल्य

विश्वको सबैभन्दा सुरक्षित लगानीको रुपमा सुनलाई लिइन्छ । एक पुस्ताले अर्को पुस्तासम्मकाद लगि गरिने एउटा महत्वपूर्ण लगानी सुन मात्रै हुने विश्वब्यापी मान्यता छ ।

सन् १९३० को महामन्दी तथा २००८ को विश्व वित्तीय संकटमा मानिसहरुले सेयर बिक्री तथा अन्य तरिकाबाट प्राप्त नगदलाई लगानी गर्ने एउटै मात्रै वस्तु सुन बनाएका थिए ।

संसारभर समान मूल्य भएको र जस्तोसुकै महासंकटमा पनि काम लाग्ने वस्तुको रुपमा पहेलो धातु सुन मात्रै हुने गरेको इन्भेष्टोपेडियाले उल्लेख गरेको छ । महामन्दी, विश्व वित्तिय संकटका बेला डलर तथा विश्व सेयर बजार आरोलो लाग्दा सुनको मूल्य निरन्तर उकालोतिर थियो ।

विश्व अर्थतन्त्रमा हलचल ल्याउने ठूला मुलुकहरुबीच द्वन्द्व, केन्द्रीय रिजर्भ बैंकहरुको ब्याजदर नीति जस्ता कारणले ठूला कम्पनीको सेयर र अन्य सम्पत्तिमा आउने गिरावटको जोखिमले लगानीकर्ताहरु सुनमा लगानी गर्न आर्कषित हुने र यसले अन्य स(सना र नयाँ व्यावसायमा धक्का पुग्ने बीबीसीले लेखेको छ ।

युएस चाइना ट्रेड वारः ‘वीआर अल पेइङ फर दिस’ रिपोर्टमा बीबीसीले जनाएअनुसार लगानी असुरक्षित हुने, मँहगी बढ्ने र रोजगारी गुम्नेसम्मको जोखिम ठूला संकटका समयमा हुने हुँदा सीमित सुनमा असीमित लगानी बढ्ने र यसले सुनको भाउ बढ्न जाने विश्वब्यापी प्रचलन छ ।

अन्तर्राष्ट्रिय बजार र नेपाल सम्बन्ध

नेपालमा सुन उत्खनन तथा उत्पादन हुँदैन । नेपालले विश्वका विभिन्न मुलुकबाट सुन आयात गर्ने भएकाले नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा निर्भर हुन्छ । अमेरिकी वालस्ट्रेट मार्केटको भाउको तुलनामा नेपालमा सुनको भाउ तय गरिन्छ । नेपालमा सुनको मूल्य तय गर्ने जिम्मा नेपाल सुनचाँदी व्यवसायी महासंघलाई मात्रै छ ।

वालस्ट्रेट मार्केटको निश्चित एक समयको मूल्यलाई लिएर त्यसमा भन्सार, बैंकको लागत र नाफा, विदेशी विनिमय दर र व्यावसायीको नाफा जोडेर सुनको मूल्य निर्धारण हुन्छ ।

सुनचाँदी व्यवसायी महासंघमा सुनको भाउ निर्धारण गर्ने एक समिति नै छ ।

आव २०७४र७५ मा नेपालमा औपचारिक क्षेत्रबाट ७ हजार ३ सय १० किलो सुनको भित्रिएको थियो । आव ७५र ७६ मा नेपाली बैंकले ७ हजार ४ सय ५० किलो सुन नेपाल आयात गरेका थिए ।

भन्सार विभागको तथ्यंकअनुसार आव ७६र७७ मा नेपालमा ११ अर्ब ९६ करोड ८० लाखको सुन भित्रिएको छ । चैत्रपछि सरकारी प्रतिबन्धका कारण अघिल्लो वर्षको तुलनामा १५।६३ प्रतिशतले सुनको आयत घटेको भन्सार विभागले जनाएको छ ।

नेपालमा सुन आयात गर्न नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई मात्रै अनुमति दिएको छ । यस अघि नेपाल बैंकर्स संघको निर्णयअनुसार चक्रीय पालोमा वाणिज्य बैकहरुले दैनिक जम्मा २० किलो सुन आयात गर्ने गरेको थियो ।

तर, २०७६ चैत्र १६ को मन्त्रिपरिषद् बैठकपछि बैंकहरुले दैनिक १० किलो मात्रै सुन आयात गर्न पाउने व्यवस्था कार्यन्वयनमा आएको थियो ।

प्रतिऔंस २ हजार डलर !

कोभिड महामारीले विश्व अर्थतन्त्र यतिबेला सिथिल छ । सबैभन्दा प्रभावित मुलुकमध्ये अमेरिका पनि अग्रणी छ । अन्तराष्ट्रिय सेयर बजार, कच्चा तलेको मूल्य र प्रभावशाली मुलुकका मुद्राहरु खस्कीदा सुनमा लगानी रुपमा बढ्दो रुपमा रहेको अन्तर्राष्ट्रिय सामाचार संस्थाहरुले जनाएका छन् ।

जसले गर्दा सुनको मूल्य अझै केही समय उकालो लाग्ने प्रक्षेपण गरिको छ । बेलायती ग्लोबल इन्भेष्टमेन्ट स्टाट्रेजिस्ट नामक एक स्वतन्त्र सर्भेले सन् २०२१ को जनावरीसम्म सुनको भाउ प्रतिऔंस २ हजार डलर नाघ्ने प्रक्षेपण गरेको छ ।

अन्तर्राष्ट्रिय बजार ट्रेन्ड हेर्दा सुनको मूल्य नेपाली बजारमा तोलामै एक लाख १० हजारसम्म पुग्ने अनुमान गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हरेक साता रेकर्ड राख्दै अघि बढेको सुनको भाउ लाख कटे आश्चार्य मान्नु नपर्ने महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन् ।

सामान्य अवस्थामा नेपालमा दैनिक १० किलो सुन बिक्री हुने गरेकोमा बढ्दो मूल्यका कारण बजार शिथिल बनेको महासंघले जनाएको छ ।

आइतबार, साउन ११, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.