धनगढी, १० साउन/ कैलालीको गोदावरी नगरपालिकामा १ दम्पतीद्धारा जनप्रतिनिधि माथि कुटपिट गरिएको छ । नगरपालिकाको वडा नम्बर १ मा बाटोको ग्राभेलको l बिषयलाई लिएर भएको विवादमा वडा सदस्य माथी कुटपिट भएको हो ।
भरतपुर टोलको रामजानकी मन्दिर नजिकैको बाटोमा ग्राभेल गर्दा स्थानीय केशव बहादुर बोहरा र सरस्वती बोहराको दम्पती मिलेर वडा सदस्य कृत बहादुर चन्द माथि कुटपिट भएको बताईएको छ । साउन ५ गते बाटोमा ग्राभेल गर्दा वडा सदस्य चन्द माथि गाली गलौच गरी केशव बोहराले हातपात गरेको र ढुँगा मुढा सहित लट्ठी सरस्वती बोहराले प्रहार गरेको वडा सदस्य चन्दले बताए ।
उनले भने “बाटो ग्राभेल गर्दै थियौ एक्कासि आएर म माथि कुटपिट भयो ।” “दुबै श्रीमान श्रीमती मिलेर मालाई कुटपिट गरे, श्रीमानले नगर भन्नुपर्ने ठाउFमा आफैले समेत गाली गलौच, कुटपिट गरे र श्रीमतीलाई लट्ठी दिएर कुटन लगाए ।” सोही समय लगत्तै आफूले प्रहरीलाई खबर गरी घटना स्थलमा प्रहरी पुगेको बताए ।
यसरी सार्वजनिक कार्यमा अवरोध गरी आफूमाथि कुटपिट गर्नेलाई कानुन बमोजिम कार्यबाही हुनुपर्ने उनको माग छ । “वडामा यस्तो सार्वजनिक विकास निर्माणको कार्य गरिरहेको बेलामा यसरी स्थानीयले नै अवरोध गरी अभद्र व्यवहार गर्नु कहाँ सम्मको अपराध हो ।” उनले भने ।
यता इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञान बहादुर बिष्टका अनुसार बोहरा दम्पती अस्पतालबाट घर आOरहेको बेलामा बाटोमा ग्राभेल हालेको विषयमा झगडा भएको बताए । उनले भने “बोहरा दम्पतीको भनाई अनुसार आफूहरू आइरहेको बाटोको खाल्डाखुल्डीमा ग्राभेल भइरहेको र आफु हरुलाई जान बाटो देउ भनेका थिए ।”
यसै विषयमा उनी हरुको विवाद भए पछि बोहरा दम्पतीले वडा सदस्य माथि कुटपिट गरेको उनको भनाई छ । उनी हरुलाई सार्वजनिक हित विपरित कसुर मामला अन्तर्गत मुद्दा चलाई जिल्ला पठाएको प्रहरी नायब उपरीक्षक बिष्टले बताए ।