कैलाली, ८ साउन/सेती प्रादेशीक अस्पतालको आइसोलेशन तीन दिनदेखी खाली भएको छ । साउन ६ गतेदेखी कोही संक्रमित नआएपछि आइसोलेशन खाली भएको हो । सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार अहिले प्रादेशीक अस्पतालको आइसोलेशन कोहीपनि संक्रमित छैनन् ।
हालसम्म सेती प्रादेशीक अस्पतालमा ८० जनाको उपचार भएर डिस्चार्ज भएका श्रेष्ठले जानकारी दिए । संक्रमित र शंकास्पद गरी जम्मा १ सय ८३ जना सेती अस्पतालको आइसोलेशन भर्ना भएको उनले जानकारी दिए ।
जेठ ३१ गते सेती अस्पतालले आइसोलेशनमा सबैभन्दा बढी ३५ जना संक्रमित राखेको थियो । अहिले स्थानिय तहहरुले निमार्ण गरेका आइसोलेशन र होम क्वारेन्टाइनमा बस्ने गरेको उनले बताए ।
यता धनगढी उप–महानगरपालिकाको आइसोलेशनमा पनि संक्रमितको संख्यामा कमी आएको छ । उप–महानगरपालिका क्वारेन्टाइन व्यवस्थापन समिती संयोजक नारायण बरालका अनुसार उप–महानगरपालिकाको आइसोलेशनमा हाल १४ जनामात्रै रहेका छन् । २५ जना सम्म क्षमता भएको आइसोलेशनमा संक्रमितको संख्या घट्दै गएपछि कमी आएको उनले बताए ।
बिहीबारसम्म सुदूरपश्चिममा संक्रमतिको संख्या ४ हजार १ सय ७७ पुगेको छ । यस्तै बिहीबार थप ३५ जनामा कोरोना पुष्टि भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कञ्चनपुरका २६ जना र डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा ९ जनामा गरी थप ३५ जनामा कोरोना पुष्टि भएको हो ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका १० पुरुष र तीन महिला गरी १३ जना, बेल्डाँडी गाउँपालिकाका ८ पुरुष र बेलौरी नगरपालिकाका तीन पुरुष र दुई पुरुष गरी पाँच जनामा संक्रमण पुष्टि भएको छ । डोटीका ७ र डडेल्धुराका २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
संक्रमण पुष्टि भएका दुई हजार दुई सय ३३ जना डिस्चार्ज भएका छन भने ८ जनाको मृत्यु भईसकेको छ ।
सेती अस्पतालको आइसोलेशन तीन दिनदेखी खाली
सेती अस्पतालको आइसोलेशन तीन दिनदेखी खाली
