• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

ठेकेदारको लापरवाहीले शिवगंगा नदीमा निर्माणधीन पुल अलपत्र

धनगढी, ८ साउन/ एलाइड एड्भेन्चर प्रालिले धनगढी–७ स्थित शिवगंगा नदीमा निर्माणधीन पुल अलपत्र पारेको छ।

२०७४ मा तीन वर्षभित्रै पुल निर्माण गर्ने सहमतिअनुसार जेठ मसान्तमा पुल निर्माण गरिसक्नुपर्ने म्याद समाप्त भएको छ।

पुल निर्माणका लागि निर्माणको जिम्मा पाएको एलाइडले निर्धारित समयमा ४५ प्रतिशत मात्रै काम सम्पन्न गरेको सडक डिभिजन कार्यालय साइड कार्यालय धनगढीका इन्जिनियर गणेश जोशीले बताए।

धनगढी उपमहानगरपालिका ७ वडास्थित शिवगंगा नदीमा निर्माण हुने १२ करोड रुपैयाँ लागतको एक सय ५० मिटर लम्बाइ भएको पुलको समेत तीन वर्षसम्म पूरा हुन नसकेको इन्जिनियर जोशीले बताए।

‘निर्धारित समयमा पुलको आधा काम पनि सम्पन्न भएको छैन,’ इन्जिनियर जोशीले भने, ‘कामको प्रगति विवरण विभागमा पठाएका छौं, अब के गर्ने उसैले निर्णय गर्नेछ।’
पुल निर्माणका लागि ठेकदारलाई पटकपटक ताकेता गर्दा बेवास्ता गरेको उनको आरोप छ।
एलाइड एड्भेन्चरका इन्जिनियर दिनेश बटालाले एक पटक निर्माण गरिएको पुलको बेस पानीले बगाएका कारण समयमै पुल निर्माण हुन नसकेको बताए ।

‘सुरुमा पुल निर्माणका लागि तयार गरिएका केही आधार पिलर शिवगंगा नदीमा आएको बाढीका कारण काम नलाग्ने भए,’ उनले भने, ‘एक वर्षपछि फेरि सुरुदेखि काम गर्नुपरेका कारण समयमै पुल निर्माण गर्न सकिएन ।’
असारभित्रै काम सम्पन्न गर्ने गरी मंसिरदेखि काम सुरु गरेकोमा चैतयता लकडाउनका कारण पुल निर्माणमा अवरोध आएको उनले बताए।
एलाइडले यसअघि मोहना नदी र पथरैया नदीमाथि बन्ने पुल निर्माण पनि वर्षौंसम्म अलपत्र पारेको थियो।

बिहिबार, साउन ०८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.