बाजुरा, ७ साउन/बाजुराको बुढीनन्दा नगरपालिका वडा १० पाण्डुसेनमा घाँस काट्न क्रममा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका वडा नम्बर १० का अन्दाजि ३८ वर्षिया गोर्खे लवार रहेका छन् ।
लवार बुधबार विहान नजिकैको भिमपानी भन्ने ठाउँमा घाँस काट्न गएका थिए । विहान १० बजेसम्म पनि घर नफर्केपछि आफन्तले खोजी गर्दा लवार भिरबाट लडेर घटनास्थलमा मृत अवस्थामा फेला परेका हुन् ।
बाजुराको पाण्डुसेनमा भीरबाट लडेर एकजनाको मृत्यु
बाजुराको पाण्डुसेनमा भीरबाट लडेर एकजनाको मृत्यु
