कञ्चनपुरको पुर्नवास हुदै कृष्णपुर र भिमदत्त नगरपालिकाका विभिन्न स्थानमा देखीएको सलह शनिबार डडेल्धुरामा पनि देखीएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिकामा वडा नम्बर ३ बोगटा, खालमा सलह देखिएको स्थानीयले बताएका छन् । किसानहरुले ठुलै झुण्डमा सलह आएको बताएपछि गाउँपालिकाले आफुलाई त्यसबारे कुनै जानकारी नभएको बताएको छ। गाउँपालिकाको कृषि शाखाका प्राविधिक सहायक दान विष्टले गाउँपालिकाभित्र सलह प्रवेश गरेको जानकारी नभएको बताएका छन्।
यता कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्मुख रामचन्द्र भट्टले भने सलह स्थानियहरुले ठटाउदा भारतनै फर्किएको दाबी गरेका छन् ।
सलहले सम्पूर्ण कृषि वालीको बोटविरुवा, बाली, फुल, डाँट, डाँटको बोक्रासम्म खाइदिने क्षमताका भएकाले प्रवेश गरेको स्थानमा ठूलो भोकमरी र अनिकाल पर्ने गरेको बताइएको छ।
