• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

प्रमुख प्रतिपक्ष दलको विरोध,मन्त्रालयका रातो किताब पढ्न संसदमा अनुपस्थित

सुर्खेत
असार २०

कर्णाली प्रदेश सभाको छैटौ औ अबिधेशनको २३ औँ बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस अनुपस्थित भएर विरोध जनाएको छ ।
शनिवारको बैठकमा अनुपस्थित भएको नेपाली काँग्रेसले सबै मन्त्रालयको योजना सहितको रातो किताबको माग गरेको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको माग अनुसार नै मन्त्रालयहरुले रातो किताब ल्याएका छन् । पहिलो चरणमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालयले रातो किताब ल्याएका हुन् ।

यता प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदिय दलका नेता जीवन बहादुर शाहीले सरकारले आफ्नो माग अनुसार नै मन्त्रालयहरुले रातो किताब ल्याए पनि सबै मन्त्रालयले नल्याउने बेला सम्म आफुहरु रोकिएको जानकारी दिए, ‘उनले भने,’ ‘सबै मन्त्रालयगत किताबहरु आएपछि ती किताबहरु अध्यायन गरेर मात्रै आफ्नो धारणा सहित प्रदेश सभाको बैठकमा उपस्थित हुने छौ ,।’

शनिवारको प्रदेश सभाको बैठकमा शुरुमा प्रमुख प्रतिपक्षी दलका नेता जीवन बहादुर शाहीलाई सभामुख राजबहादुर शाहीले ३ पटक सम्म नाम बोलाउदा पनि कोहि पनि उपस्थित नदेखेपछि बैठकलाई अगाडि बढाएका थिए ।

प्रतिपक्षी दल राप्रपाबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य शोसिला शाहीले सभामुख राजबहादुर शाहीलाई बैठकमा प्रमुख प्रतिपक्षी दल किन उपस्थित नभएको भनेर सोध्दा उल्टो सभामुख राजबहादुर शाहीले किन नआएको केहि खवर भए जानकारी पाउँ भनि उल्टो प्रश्न गरेका थिए ।

बजेट माथि असुन्तुष्टि जनाउदै आएको काँग्रेसले गत असार १०, ११, १५, र १८ गते प्रदेश सभाको बैठक अवरोध गर्दै आएको थियो । कांग्रेसले आफ्ना माग पूरा नभएसम्म बैठक बस्न नदिने अडान राखेपछि फेरि असार १८ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको बैठकमा सरकारले प्रतिपक्षको माग पुरा गर्न नसक्ने देखेपछि कार्यव्यवस्था समितीको बैठक बसी २० गते सम्मका लागि संसद बैठक सारिएको थियो । तर शनिवारको बैठक भने कांग्रेस सांसदहरुले सभामा उपस्थिति नभएरै बहिष्कार गरे ।

कतिपय मन्त्रालयहरुका किताबहरु अझै आईनसकेकोले बैठकमा भाग नलिएको प्रदेश सभा सदस्य दिनबन्धु श्रेष्ठले बताए । उनले भोलि हुने बैठकमा किताबहरुको स्थिती हेरी भाग लिन सक्ने जानकारी दिए । ‘आज खासै हामीले उठाउनुपर्ने विषयगत मन्त्रालयको छलफल पनि थिएन’, उनले भने ‘सबै मन्त्रालयहरुको बजेट किताब मन्त्रालयगत रुपमा नआईसकेको कारण हामी बैठकमा सहभागी नभएका हौं ।’

प्रतिपक्ष दलका सदस्यहरु सहभागि नभएपनि बैठक भने सञ्चालन गरिएको थियो । कर्णाली प्रदेशसभामा प्रतिपक्षमा ६ जना नेपाली कांग्रेस र १ जना राप्रपाको तर्फबाट सांसदहरु रहेका छन् । जम्मा ४० जना सांसद मध्ये ३३ जना नेकपाका हुन् ।

शनिबार, असार २०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.