काठमाडौं । प्रधानमन्त्री केपी ओलीको मन्त्रिपरिषदमा रहेका प्रायः सवै मन्त्रीहरु एउटा अनौठो कारण हैरान छन् । त्यो के हो भने मन्त्रिपरिषद बैठक कहिल्यै बेलामा शुरु हुदैन ।
कम्तिमा १ घण्टा, डेढ घण्टा ढिला नभएको कहिल्यै हुंदैन । ढिला शुरु भएपनि तोकिएको समयमा मन्त्रीहरु भने पुग्नै पर्यो । पुगेर कुर्दा कुर्दा हैरान भएपछि बैठक शुरु हुने परम्परा हो । तर बुधबार अचम्म भयो । मन्त्रीहरु तोकिएकै समयमा बैठक स्थल पुग्न नभ्याउदै बैठक सकियो । बालुवाटारस्थित सचिवालय भवनमा स्थायी कमिटी बैठक समेत चलिरहेको थियो ।
केही मन्त्री त्यही थिए । अचानक क्याविनोटको खबर आएपछि प्रधानमन्त्री निवास भित्रै रहेको सचिवालय भवनबाट प्रधानमन्त्रीको निवास भवन तर्फ मन्त्रीहरु दौडिए । तर पुग्नै नपाउदै मन्त्रिपरिषद बैठक सकिईसकेको थियो । पर्यटनमन्त्री योगेश भट्टराईले त सार्वजनिक अभिव्यक्ति नै दिए, जाँदाजाँदै बैठक सकिएछ भनेर । ऊर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणी पोखरेल, गृहमन्त्री रामबहादुर थापा, कृषिमन्त्री घनश्याम भुषाल, पर्यटनमन्त्री भट्टराई लगायत मन्त्री बैठकस्थल पुगकै थिएनन् ।
पुग्दा बैठक सकिईसकेको थियो । मन्त्रीहरु अनुपश्थित रहेको कुरा आजको फोटोमा पनि प्रष्ट देखिन्छ । यति द्रुत गतिमा सकिएको बैठकले संसद अधिवेशन आजै ५ बजेदेखि अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषदले सिफारिस गरेको डेढ घण्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरिन्। अझ रोचक कुरा त बैठक भित्र भयो ।
बैठकमा प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गर्न लागेको जानकरी गराउदै निर्णय लेख्न मुख्य सचिवलाई लगाए । यस विषयमा प्रधानमन्त्रीले कुनैपनि मन्त्रीको राय मागेनन् । कानूनमन्त्री शिवमायाँ तुम्बाहाम्फेलाई संसदमा केही जरुरी विधेयक छन् त भनेर प्रश्न गरे । उनले नभएको संकेत गरेपछि अधिवेशन अन्त्यको निर्णय लेखियो । य
स विषयमामा बैठकमा कुनैपनि मन्त्रीले केही प्रतिक्रिया दिएनन् । तर, खानेपानी तथा सरसफाई मन्त्री बीना मगरले बोलिन् । प्रष्ट शव्दमा उनले भनिन्, ुप्रधानमन्त्रीज्यू, संसदको अधिवेशन अन्त्य गर्ने जस्तो गंभिर विषयमा हतारमा निर्णय नगरौं । पार्टीमा पनि अध्यक्ष प्रचण्डसँग पनि सल्लाहा गरेर अघि बढ्नु राम्रो हुन्छ ।तर प्रधानमन्त्रीले मन्त्री मगरको कुरालाई कुनै सम्बोधन गरेनन् । अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय सुनाए ।