काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को स्थायी कमिटी बैठक सकिएको छ । आजै दुईपटक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो ।
पहिलो बैठकमा उपस्थित भएका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली दोस्रो बैठकमा भने उपस्थित भएनन् । थप गृहकार्य सहति अर्को बैठक शनिबार बस्नेगरी तय भएको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए ।
पार्टीभित्र तथा सभामुखलाई समेत कुनै जानकारी नै नदिई संसदको अधिवेशन अन्त्य भएको निर्णय प्रधानमन्त्री एक्लैलै गर्नु गल्ती भएको बैठकको निष्कर्श रहेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा बसेको दोस्रो बैठकमा स्थायी कमिटी सदस्यहरु, सचिवालय सदस्य तथा अध्यक्ष कोहीसँग पनि प्रधानमन्त्रीले थाहै नदिई अधिवेशन अन्त्य गर्नु गम्भीर गल्ती भएको ठहर गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् ।
नेकपाभित्र बढ्दो टकरावकाबीच प्रधानमन्त्रीले मन्त्रिपरिषद बोलाएर राष्ट्रपतिसमक्ष संसद अधिवेशनको लागि सिफारिस गरेका थिए । नेकापा स्थायी कमिटी बैठकबाटै प्रधानमन्त्री ओलीको राजीनामा माग भएको छ ।