कैलाली
कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा बुधवार बिहान सलह जस्तै फटेङ्ग्राको झुन्ड देखियो । त्यो झुन्डले हरियो बोटका पातहरु खान थालेपछि त्यहाँ हेर्नेको घुइँचो लाग्यो । धेरैले त्यसलाई सलह भने । केहीले त समात्न थाले ।
‘सलह हो भनेर हामीले समातेका हौँ’ एक जना स्थानीयले भने, ‘म जस्तै अरूले पनि समातेर राखेका छन् ।’
बाली संरक्षण प्रयोगशाला कञ्चनपुरले सुखडमा देखिएको सलह जस्तो किरा सलह नभएको जनाएको छ ।
‘त्यो सलह होइन’ बाली संरक्षण प्रयोगशाला कञ्चनपुरका सहायक कृषि प्राबिधिक अम्बादत्त बिष्टले भने ‘सलह जस्तै देखिएको छ । तर त्यो ठुलो प्रजातिको फटेङ्ग्रा हो ।’
फटेङ्ग्राले पनि बालिमा क्षति पुराउने गरेको उनले बताए ।

साभार : सुदुरडेलि बाट