• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

महाकालीमा चार लेन पुल निमार्णको काम प्रभावित

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १२ मा रहेको ओदाली क्षेत्रमा भने लकडाउन बिचमै चारलेन महाकाली पुल निमार्णको कार्यलाई निरन्तरता दिएको थियोे । तर पछिल्लो समयमा निमार्ण भइरहेको चार लेनको पक्की पुल निर्माण कार्य कामदार नहुँदा निकै प्रभावित बनेको छ । कोरोनाले त्रासपुर्ण वातावरण सृजना भएपछि निर्माण कार्यमा खिटिएका लेबरहरुमाथि कोरोनाको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले कामदारहरुलाई घर पठाए सगैं पुल निमार्ण कार्य प्रभावित बनेको हो ।

यस अघि २०७४ सालमा नै पुर्वप्रधान मन्त्री शेरवहादुर देउवाले चार लेन महाकाली पुलको शिलन्यास गरेपछि निर्माणको जिम्मा पाएको कुमार सीएसईसी जेभीले लकडाउ बिचमै निर्माण कार्य जारी राखेपनि चार लेन महाकाली पुलको लक्ष अनुसार प्रगती गर्न नसकेको जनाएको छ । महाकाली चारलेन निर्माणको सम्झौता ३ अर्ब २७ करोड ९३ लाख ३४ हजारमा भएको थियो । कम्पनीको लक्ष्य अनुसार हालसम्म पुलको भौतिक प्रगति ६० प्रतिशत पुगाउने भएपनि कोरोनाको प्रभावका कारण ४८ प्रतिशत मात्रै भएको कम्पनीको भनाइ छ ।

सीमानाका गड्डा चौकीसम्म जोड्ने ६ किलोमिटर र महाकाली नगरपालिकाको चाँदनी तर्फ डेढ किलोमिटर चार लेनको पहुँच मार्गको निमार्ण कार्य पनि धेरै जसोे सकिएको छ । यस्तै पुलको ३४ ओटा पिल्लर मध्ये ३० ओटा पिल्लरको काम सकिएको छ । ३२ ओटा स्लाव मध्ये ६ ओटा स्लावको काम पनि सकिएको छ । कम्पनीका अनुसार ८ सय मिटरको लम्बाई र २३।८ मिटरको चौडाई रहेको पुल निर्माण कार्यसंगै अहिले मनुसुन लागेपछि महाकालीमा पानीको मात्रा ह्वात्तै बढेको र कामदार नभएको अवस्थामा पुल निमार्ण कार्यको केही काम गर्न नसकिने अवस्था रहेको छ । कम्पनीका इन्जिनियर किशोरराज पाण्डेले कोरोनाको महामारीले कामदारहरु आ आफ्नो घर गएपछि निर्माण कार्यमा कमी आएको र आफुहरुले लक्ष अनुसारको उपलब्धी गर्न नसके जानकारी दिए ।

“सम्पन्न भएकोे ६ ओटा स्लाव पनि स्थानीय प्रशासनसँग समुन्वय गरेर क्वारेन्टिनमा बस्दै गरेका कामदारलाई प्रयोग गरेर मुस्किलले सकिएको हो ।” इन्जिनियर पाण्डेयले भने, “स्लाव हालेपछि उनीहरु पनि घर गए, पुल निर्माण स्थलमा केही स्थानीय कामदार भएपनि पुलमा काम गर्ने कामदार एक जना पनि छैन, पुलको निमार्ण कार्य सवै ठप्प रहेको छ ।” यस्तै उता गड्डाचौकी र भुजेला खोलामा पर्ने २ ओटा साना पुलको निर्माण कार्य सकिएको कम्पनीले जनाएको छ । अहिले पुलको दुवैतिर वरीपरी दुई–दुई ओटा पोखरी निर्माण हुने भएकोले ड्याम बाँधेर पानीको साइड परिवर्तन गर्ने काम पनि चलिरहेको छ । सम्झौता अनुसार पुल निर्माण कार्य २०७८ जेठमा सकिने भनेपनि कोरोनाले पुल निमार्ण गतिविधिलाई पछाडी धकेलेको छ ।

मङ्गलबार, असार ०९, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.